“समलिंगी तेस्रोलिंगी प्रकृतिको देन हो”

“समलिंगी तेस्रोलिंगी प्रकृतिको देन हो”

काठमाडौं, (पहिचान) बैशाख २४ – गायिका टिका प्रसाईंले समलिंगी तेस्रोलिंगी प्रकृतिको देन भएको बताएकी छन् । उनीहरु आफै बन्छु भनेर समलिंगी तेस्रोलिंगी नबनेको भन्दै उनले यौनिक तथा लैंगिक अल्पसंख्यक पनि महिला पुरुष सरह भएको बताइन् ।
व्यक्तिगत रुपमा आफूले समलिंगी तेस्रोलिंगीलाई सँधै सम्मान गर्ने भन्दै अरुलाई पनि विभेदको नजरले हेर्न नहुनेमा प्रसाईंको जोड छ । समाजमा चेतनाको कमी भएका कारण उनीहरुलाई फरक नजरले हेर्ने गरिएको भन्दै गायिका प्रसाईंले सामाजिक चेतना नपलाएसम्म समलिंगी तेस्रोलिंगी माथि भइरहेको विभेद नहट्ने बताइन् ।
सार्वजनिक कार्यक्रमहरुमा समलिंगी तेस्रोलिंगी पनि विपरितलिंगी महिला पुरुष सरह समान रहेको भन्नेहरुबाटै विभेद भइरहेको प्रति खेद प्रक्रट गर्दै उनले समाजमा गरिएको प्रतिबद्धता पुरा गर्न सरोकारवाला पक्षलाई प्रसाईंको आग्रह छ ।
संविधानमा अधिकार सुरक्षित हुँदैमा उनीहरुले अधिकार पाइहाल्छन् भन्ने नरहेको भन्दै चेतनाको स्तर माथि नउठेसम्म जारी विभेदको श्रृखलाको अन्त्य नहुने उनको बुझाई छ ।
“संसारमा महिला र पुरुष मात्रै छन् भन्ने गरिन्छ त्यो सँगै समलिंगी तेस्रोलिंगी पनि छन् भनेर हेरौं”, गायिका प्रसाईंले भनिन्, “अझै पनि बाटोमा कुनै समलिंगी तेस्रोलिंगी देखियो भने एक पटक फर्केर हेर्ने गरिन्छ, चेतनाको लेभल माथि नउठेसम्म यो प्रचलनको अन्त्य हुँदैन होला ।”
समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष सरह समान रहेको भन्दै समतामुलक समाज निर्माणका लागि आफू संधै रहेको र आफू व्यक्तिगत सहयोग गर्न पनि तत्पर रहेको उनको भनाई छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.