मिस पिंक २०१६ का प्रतियोगी (तस्विरमा) भन्छन् : अस्तित्व स्वीकार नगर्नेहरुलाई केहि गर्न सक्छौं भनेर देखाउन चाहन्छौं

मिस पिंक २०१६ का प्रतियोगी (तस्विरमा) भन्छन् : अस्तित्व स्वीकार नगर्नेहरुलाई केहि गर्न सक्छौं भनेर देखाउन चाहन्छौं

काठमाडौं (पहिचान) बैशाख २४ – नील हिरा समाजको सहयोग र क्रुज एड्स नेपालको आयोजनामा हुन लागेको मिस पिंक २०१६ का प्रतियोगीको टुंगो लागेको छ । नील हिरा समाजको केन्द्रीय कार्यालय धुम्बाराहीमा १८ प्रतियोगी आफै उपस्थित भएर सहभागिता जनाएका हुन् ।
संयोगबस फारम भरेका सबै प्रतियोगीले प्रतियोगीतामा भाग लिन पाउने भएका छन् । १८ जना प्रतियोगी सहभागि गराउने प्रतियोगीतामा त्यति नै संख्यामा मात्र नाम टिपाएपछि सबै प्रतियोगीलाई सहभागि गराउन लागिएको हो ।

प्रतियोगी अहिले नील हिरा समाजको शाखा कार्यालय केयर एण्ड सपोर्टको चन्दा हलमा तालिम लिइरहेका छन् । मूख्य प्रशिक्षक मलायका लामा र सहायक प्रशिक्षक तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठ र पिटर तामाङले तालिम दिइरहेका छन् । Miss Pink 3
प्रतियोगीले भने केही गर्छु भनेर देखाउने अबसरका लागि प्लेटफर्म प्राप्त हुन लागेको भन्दै खुसी व्यक्त गरका छन् । ‘हामीMiss Pink 9Miss Pink 7लाई समाजमा हेयको दृष्टिकोण राखेर केही गर्न नसक्ने Miss Pink 2व्यक्तिका रुपमा चित्रित गर्ने गरेका छन्’, मिस पिंक २०१६ की सहभागी एनी लामाले भनिन्, ‘हामी समाजका त्यस्ता मानिसलाई के के गर्न सक्छौं भनेर देखाउन चाहन्छौं ।’ एनीले समाजलाई समलिंगी तेस्रोलिंगीले के के गर्न सक्छन भनेर देखाउदै हेयको दृष्टिकोणमा परिवर्तन ल्याउने बताईन ।
अर्की सहभागि माया सुनुवारले समाजका कुनै पनि क्रियाकलापमा सहभागी हुन नपाउने तेस्रोलिंगीका लागि यो प्रतियोगिता एउटा ठुलो अवसर भएको बताइन् । ‘हामी समाजका कुनै पनि प्रतियोगितामा भाग लिनेMiss Pink 5 मात्र हैन समान नागरिकको हैसियतमा सहभागी हुन समेत पाउँदैनौं’, मायाले भनिन्, ‘त्यसैले हामी प्रतियोगिताबाट केही गर्न सक्छौं भनेर देखाउन चाहन्छौ ।’Miss Pink 8
Miss Pink 4के दिन्छ प्रतियोगिताले ?
‘प्रतियागिताले एउटा त अवसर दिन्छ र सहभागिलाई आन्तविश्वास सहित यस्ता गतिविधिमा सहभागि हुन सक्षम बनाउछ’ एनी लामाले भनिन्, ‘त्यसबाहेक आजसम्म कसैले नचिनेको व्यक्ति प्रतियोगिताको भोलीपल्ट देखि मिस पिंक भनेर चिनिन्छ र मिडियाका लागि समेत आकर्षणको केन्द्र बन्छ ।’ एनी अहिले फेसन डिजाइनमा डिप्लोमा गररिहेकी छन् ।
मिस पिंक २०१६ यही मे १७ तारिखमा राष्ट्रिय नाँचघर जमल काठमाडौंमा हुँदैछ । प्रतियोगिताको विजेताले थाइल्याण्डमा हुने मिस पिंक इन्टरनेशनलमा सहभागिता जनाउने छन् ।

Miss Pink 1

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.