निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

मिस पिंकका प्रतियोगी सरसफाईमा

मिस पिंकका प्रतियोगी सरसफाईमा

933
SHARES

काठमाडौं (पहिचान) बैशाख २५ – क्लिन काठमाडौं, ग्रिन काठमाडौं अभियानमा तेस्रोलिंगी बौद्धिक तथा सौन्र्दय प्रतियोगिताका प्रतियोगी सहभागी भएका छन् । मिस पिंकका प्रतियोगीहरुले विहानै रत्नपार्क, बागबजार क्षेत्रको सरसफाई गरे ।

Miss Pinkनयाँ शक्ति नेपालको अग्रसरतामा भएको सरसफाईमा नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी अन्तरिम केन्द्रिय परिषद् सदस्य पिंकी गुरुङको नेतृत्वमा सात हप्तादेखि निरन्तर समूदायका सदस्यले उत्साहजनक रुपमा सहभागिता जनाउँदै आएका छन् ।

सातौ हप्ताको सरसफाईमा समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस अर्थात मे १७ तारिखमा हुन लागेको तेस्रोलिंगी बौद्धिक तथा सौन्र्दय प्रतियोगिताका प्रतियोगीहरु सहभागी भएका छन् ।Sar saphai 1

समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी अन्तरिम केन्द्रीय सदस्य गुरुङले समूदायका सदस्यको उत्साहजनक सहभागिताका लागि धन्यवाद दिइन । पशुपतिनाथ मन्दिर परिसरबाट सुरु भएको सरसफाई अभियान, बौद्ध स्तुपा, पाटन दरवार क्षेत्र, भक्तपुर दरवार क्षेत्र, बसन्तपुर, स्वयम्वु, किर्तिपुर हुँदै बागबजार रत्नपार्क क्षेत्रसम्म आइपुगेको छ ।

समाचार शेयर गर्नुहोस्
933
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.