‘धेरै तेस्रोलिंगीलाई मेकअप आर्टिस्ट बनाएको छुँ, उनीहरुका लागि यो उपयुक्त पेशा हो’

‘धेरै तेस्रोलिंगीलाई मेकअप आर्टिस्ट बनाएको छुँ, उनीहरुका लागि यो उपयुक्त पेशा हो’

काठमाडौं (पहिचान) बैशाख २७ – मेकअप आर्टिस्ट चन्द्र गुरुङले समलिंगी तेस्रोलिंगीहरुका लागि ‘मेकअप आर्ट’को पेशा उपयुक्त रहेको बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको आवाज कार्यक्रम पहिचानमा कुराकानी गर्दै आर्टिस्ट गुरुङले तेस्रोलिंगीले मेकअप आर्टको पेशामा लाग्नु उपयुक्त रहेको बताए ।
‘मैले मात्र करिव ३० जनालाई मेकअप आर्टिस्ट बनाइसकको छु’ गुरुङले भने, ‘उनीहरु पनि राम्रो पर्फमेन्स देखाएर काम गरिरहेका छन् ।’ उनले अन्य क्षेत्रमा जस्तो लैंगिक पहिचान खुलाएर काम गर्नु नपर्ने हुनाले पनि यो क्षेत्र तेस्रोलिंगीलाई उपयुक्त हुने बताए ।
‘अरुले तेस्रोलिंगी भनेपछि घृणा गर्छन् र छि छी दुर्दुर गर्छन’ गुरुङले भने, ’तर, म तेस्रोलिंगी भनेर चिने पछि थप माया सहित तालिममा सहभागि गराउने र काममा सहयोग गरेर प्रोत्साहन गर्छु ।’

उनले समस्यामा रहेका, विभेदमा परेका मानिसलाई प्रोत्साहन आवस्यक हुने भन्दै तेस्रोलिंगीको अवस्था जानकारी भएकै कारण आफूले प्रोत्साहन गरिरहेको बताए । कला क्षेत्र आफैमा सृजनशीलता देखाउने ठाउँ भएकाले यो क्षेत्रमा लागेमा तेस्रोलिंगीले कुण्ठा त्यागेर सृजनशीलतातर्फ आकर्षित हुने उनको भनाई थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.