निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“पहिचान खुलाएर हिड्दैमा वा संगठन गर्दैमा संस्थागत विकास हुँदैन”

“पहिचान खुलाएर हिड्दैमा वा संगठन गर्दैमा संस्थागत विकास हुँदैन”

819
SHARES

बिपना पनेरु/कास्की (पहिचान) बैशाख २८ – यौनिक तथा लैंगिक अल्पसख्यक महासघं नेपालले सिविओहरुको पश्चिमाञ्चल क्षेत्रीय सम्मेलन गरेको छ । समुदायमा आधारित सस्था सिविओको कार्य समितीका सदस्यहरुसँग महासंघले समिक्षात्मक गोष्ठी सञ्चालन गरेको हो ।
यौनिक तथा लैंगिक अल्पसख्यक महासंघ नेपालको कार्य समितीका सदस्यहरु समुदायमा आधारित संस्थाको अवधारणा राख्न तथा सदस्यहरुमा तथा पुर्नताजकी बनाउन आवश्यक भएको यौनिक तथा लैंगिक अल्पसख्यक महासंघ नेपालले जनाइएको छ ।
Pokhara 2यौनिक तथा लैंगिक अल्पसख्यक महासंघ नेपालको राष्ट्रिय कार्यक्रम संयोजक सिम्रन शेरचनले पहिचान खुलाएर हिड्दैमा वा संगठन गर्दैमा संस्थागत विकास नहुने भन्दै यो समुदायको लागी समिक्षात्मक गोष्ठी सञ्चालन गरेको शेरचनले वताइन् ।
‘पहिला भन्दा अहिले सस्थामा चुनौती केहि मात्रमा कमि आएका छन्’ शेरचनले भनिन्, ‘तर पनि समाजले हेर्ने एउटा दृष्टिकोण बनेको छ, तर पनि हामीले अरुलाई बुझाउने दायित्व भुल्नु हुदैन ।’ उनले संस्थागत विकासका लागि उपलब्धि, समस्या, चुनौती, भावि योजना र सुझाव सल्लाहवारे वैठक वसेको शेरचनले वताईन् ।
‘अहिलेको अवस्थामा विभिन्न ठाउँमा रहेका सिविओहरुले स्थानीय निकायसंग सकारात्मक रुपले समन्वय गर्दै अगाडी वढेको हुदा काम गर्ने वातावरण राम्रो भएको छ’ उनले भनिन्, ‘स्थानीय निकायबाट विभिन्न किसिमको सिपमुलक तालिमको लागि स्थानीय निकाहरु (नगरपालिका, जिल्ला विकास समिती र गाविस) बाट वजेट ल्याउनुपर्ने हुन्छ ।’
गोष्ठीमा सहभागी विभिन्न जिल्लाका यौनिक तथा लैंगिक अल्पसख्यक समुदायले सस्था दिगो राख्न स्थानीय निकायसंग अझै वलियो सम्वन्ध राख्नुपर्ने बताएका थिए ।

समाचार शेयर गर्नुहोस्
819
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.