आनिकलाई अन्य उल्लेख भएको राहदानी

आनिकलाई अन्य उल्लेख भएको राहदानी

विनोद वि.सी/रुपन्देही (पहिचान) बैशाख २९ – तेस्रोलिंगी अधिकारकर्मी आनिक रानाले पहिचान अनुसार राहदानी लिएकी छन् । उनले लिगंको महलमा अन्य उल्लेख भएको राहदानी लिएकी हुन् ।
Anik ranaराना अन्य उल्लेख गरेको राहदानी लिने रुपन्देही जिल्लाको दोस्रोे तेस्रोलिंगी महिला हुन् । उनले २०७३ साल वैशाख महिनाको पहिलो हप्ता पहिचान अनुसारको लिंगको महलमा अन्य उल्लेख गरेको नागरिकता पाएकी थिइन् । नागरिकता पाएको २३ दिन पछि उनले अन्य उल्लेख गरेको राहदानी प्राप्त गरेकी हुन् ।
रानाले नागरिकता लिन लामो संघर्ष गर्नु परे पनि राहदानी भने तुलनात्मक रुपमा सहजै पाइन् । राहदानी पाउँदा आफूलाई राज्यले आफ्नो पहिचान स्वीकार गरेको अनुभूती भएको रानाले बताइन् । उनले अब राज्यका प्रत्येक निकायले समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समावेश गर्दै लैजानु पर्नेमा जोड दिइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.