तेस्रोलिंगीको अधिकारका गीत गाउने पशुपती शर्माको प्रतिबद्धता

तेस्रोलिंगीको अधिकारका गीत गाउने पशुपती शर्माको प्रतिबद्धता

काठमाडौं (पहिचान) बैशाख ३० – लोक गायक पशुपती शर्माले समलिंगी तेस्रोलिंगीको अधिकारका विषय समेटेर गीत गाउन सक्ने बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले समलिंगी तेस्रोलिंगीको अधिकारका विषयमा गीत गाउन सकिने बताएका हुन् ।
“म सँधै अरुले भन्दा फरक गर्न रुचाउने कलाकार हुँ । समलिंगी तेस्रोलिंगीको अधिकारका विषयमा गीत गाउन सकियो भने त्यो पनि राम्रै हुन्छ”, गायक शर्माले भने, “मलाई यो विषयमा थाहा थिएन अब थाहा भयो । तपाईंसँग कुरा गर्दा गर्दै मैले सोचिसकें ।”
“म आफै अरुले भन्दा फरक खाले सिर्जना गरेर हिँडेको, फरक पहिचान बनाएको मान्छे । यो विषय समावेश गरे राम्रो हुन्छ । मान्छेलाई बुझाउन सकिन्छ भन्ने लागेको छ ।” उनले भने ।
विगतका वर्षमा जस्तो पछिल्ला दिनमा समलिंगी तेस्रोलिंगी माथी विभेद हुन छाडेको उनको भनाइ छ । “अहिले समलिंगी तेस्रोलिंगीले नागरिकता र राहदानी पाउन थालिसकेका छन् । उनीहरुका लागि पनि वातावरण सहज हुँदै गएका खबरहरु पत्रपत्रिकामा आउन थालेका छन्, त्यो राम्रो पक्ष हो ।” उनले भने “म अप्राकृतिक पनि भनेको सुन्छु । भगवानले दिएको कुुरा सबै प्राकृतिक हो । पछि जे थपिन्छ त्यो चाँही अप्राकृतिक हो । त्यसैले उनीहरु पनि प्राकृतिक हुन् ।”
“विघठित संविधानसभामा समलिंगी सभासद् सुनिलबाबु पन्त देखि अहिलेसम्म आउँदा धेरै काम भए जस्तो लाग्छ मलाई । गायक शर्माले भने, उहाँहरु आँफै अधिकारका लागि काम गरिरहनु भएको छ । अब उहाँहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउँदैछ ।”
समाजमा चेतनाको विकास नभएसम्म समलिंगी तेस्रोलिंगी माथिको विभेद अन्त्य नहुने भन्दै गायक शर्माले सबैले आआफ्नो क्षेत्रबाट यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सकेको सहयोग गर्नु पर्नेमा जोड दिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.