‘क्लिन काठमाडौं ग्रिन काठमाडौं’ अभियानको संयोजकमा पिंकी गुरुङ

‘क्लिन काठमाडौं ग्रिन काठमाडौं’ अभियानको संयोजकमा पिंकी गुरुङ

काठमाडौं (पहिचान) बैशाख ३१ – नयाँ शक्ति नेपालले क्लिन काठमाडौं ग्रिन काठमाडौं अभियानको काठमाडौं संयोजकमा नयाँ शक्ति नेपाल केन्द्रीय अन्तरिम परिषदकी सदस्य पिंकी गुरुङलाई संयोजक तोकेको छ । नयाँ शक्ति नेपालले केही महिना अघि देखि सफा र स्वच्छ सहर अभियान अन्तरर्गत ‘क्लिन काठमाडौं ग्रिन काठमाडौं’ अभियान थालेको थियो ।
नयाँ शक्ति नेपालले अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा अभियान संचालन गर्दै आएको छ । क्लिन काठमाडौं, ग्रिन काठमाडौं अभियानका संयोजक गंगा श्रेष्ठले २४ हप्ते अभियान देशव्यापी रुपमा विस्तार गरिने जानकारी दिए ।
अभियानका संयोजक श्रेष्ठका अनुसार यसअघि नै पोखरा, कैलालीलगायत उपत्यकाबाहिरका कतिपय सहरमा बिस्तार भइसकेको अभियानलाई काठमाडौं उपत्यकामा पनि विकेन्द्रित रुपमै सञ्चालन गरिनेछ । ‘आगामी हप्तादेखि काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै अभियान सञ्चालन हुन्छ,’ संयोजक श्रेष्ठले भने, ‘यो अभियान देशव्यापी रुपमा पनि सञ्चालन हुन्छ ।’ अभियानले आगामी हप्ता जेठ १ गते शनिबार काठमाडौंका म्हेपी र त्यस आसपास सफाई अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाज समेत रहेकी पिंकी गुरुङले आफू थप जिम्मेवारी थपिएको वताएकी छन् । सरसफाई अभियानको काठमाडौं संयोजकको जिम्मेवारी पाउँदा खुशी लागेको छ गुरुङले भनिन्, थप उत्साहका साथ सबै जनसमूदायको साथ र सहयोगको अपेक्षा गरेको छु ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.