हाँसेर बाँच्नुस्, हँसाएर बाँच्नुस् : नायक तथा गायक वोगटी

हाँसेर बाँच्नुस्, हँसाएर बाँच्नुस् : नायक तथा गायक वोगटी

काठमाडौं (पहिचान) जेठ १ – गायक तथा नायक बाबु बोगटीले संविधानमा अधिकार सुरक्षित हुँदैमा समलिंगी तेस्रोलिंगीमाथी हुँदै आएको विभेद अन्त्य नहुने बताएका छन् । “संविधान, कानुन र ऐनमा अधिकार सुरक्षित हुँदैमा त्यो व्यबहारमा कार्यान्वयन हुनसक्छ भन्ने छैन” उनले भने, “समलिंगी तेस्रोलिंगी बाँच्ने र बस्ने समाजमा हो त्यसैले पहिले समाजले स्वीकार गर्नुपर्छ ।”
“नेपाली समाज कुबिचार र कुसंस्कार भएको समाज हो, अझै पनि यही समाजले समलिंगी तेस्रोलिंगी भन्ने बित्तिकै केही न केही फरक नजरले हेर्छ” उनले अगाडि भने,“पहिला समाज नै चेतनशिल हुनुपर्छ, अनि मात्र समतामुलक समाज निर्माण हुन्छ ।”
नेपाली चलचित्रमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हाँसोको पात्रका रुपमा मात्र चित्रित गरियो भन्ने टिप्पणी प्रति अस्वीकार गर्दै उनले भने, “चलचित्र या गीतमा जसलाई जसरी प्रयोग गरिएको हुन्छ त्यो आर्टका रुपमा प्रयोग गरिएको हो । यसमा आपत्ति जनाउनु पर्ने अवस्था छैन । चलचित्रमा महिला, पुरुषलाई पनि हाँसोको पात्रका रुपमा प्रयोग गरिएको हुन्छ । गरिब र धनीलाई पनि हाँसोको पात्रका रुपमा उतारिएको हुन्छ, त्यसो भए के धनी गरिब, महिला पुरुषले चित्त दुखाउने त ?” उनले प्रश्न गरे ।
“प्रकृतिले दिएको भगवानको पालादेखिको यो परम्परा र यथार्थतालाई सबैले स्वीकार्नुपर्छ” हिनताबोध भन्दा पनि हाँसेर र हँसाएर बाँच्न सक्नुपर्छ ।” गायक बोगटीले भने ।
उनले सबै नागरिक समान भएको समाज निर्माणका लागि सबैले आआफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए । गायक बोगटीले गतहप्ता आफ्नो पाँचौं एल्बम रेस्पेक्ट सार्वजनिक गरेका छन् । उनले बाटो मुनिको फूल, बितेका पललगायत १३ वटा चलचित्रमा अभिनय गरिसकेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.