निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी तेस्रोलिंगीहरु प्रति हुने घृणा वा डर न्यूनिकरण गर्दै चेतनाको लहर फैल्याउनु पर्ने

समलिंगी तेस्रोलिंगीहरु प्रति हुने घृणा वा डर न्यूनिकरण गर्दै चेतनाको लहर फैल्याउनु पर्ने

792
SHARES

अनुसा भुजेल/सुनसरी (पहिचान) जेठ ५ – सुनसरीमा समलिंगी तथा तेस्रोलिंगीले घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस मनाएका छन् । नील हिरा समाज सुनसरी आम्दा नेपाल, साहारा नेपाल तथा महिला सहयोगी समूहको संयूक्त आयोजनामा मे १७, २०१६ का दिन सुनसरी जिल्लाका स्थानीय स्तरको गैर सरकारी संस्थाका प्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि र यौनिक तथा लैगिंक अल्पसंख्यकले सम्युक्त रुपमा समलिंगी तथा तेस्रोलिंगी घृणा विरुद्धको अन्तराष्ट्रिय दिवस सफलता पूर्वक सम्पन्न भएको हो ।
Sunsariकार्यक्रममा महिला सहयोगी समूहका अध्यक्ष विमला मल्ल ठकुरीले समलिंगी तेस्रोलिंगीहरु प्रति हुने घृणा वा डर न्यूनिकरण गर्दै चेतनाको लहर फैल्याउनु पर्ने बताइन् ।
उक्त दिवसबारे निल हिरा समाज इटहरीका जिल्ला संयोजक विनोद वाग्लेले सन् १९९० भन्दा अगाडि समलिंगी तथा तेस्रोलिंगीहरुलाई मानसिक रोगीको सूचीमा राखिएको र मे १७, १९९० मा यो रोग नभएको पुष्टी गदै विश्व स्वास्थ्य संगठनले मानसिक रोगको सूचीबाट हटाएको खुसीयालीमा यस दिनलाई अन्तराष्ट्रिय समलिंगी तथा तेस्रोलिंगी घृणा विरुद्धको दिवस मनाउन थालिएको बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुती पछि खुल्ला छलफल भएको थियो । छलफलमा जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका राज नारायण मण्डलले सुनसरी जिल्लाका सरोकारवाल निकाय बलियो भएको र निरन्तर साथका लागि जनचेतना मुलक कार्यक्रमको लागि श्रोतको खोजी गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए ।
। कार्यक्रमा विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुले केन्द्रमा सञ्चालन भइरहेका कार्यक्रमलाई ग्रामीणस्तरमा लैजानु पर्नेमा जोड दिए ।
महिला तथा बालवालिका कार्यलयका प्रतिनिधिले पनि सचेतना कार्यक्रममा नील हिरा समाजलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रहरी महिला सेलका प्रहरी हवल्दार गंगा गैलीले पनि समलिगींहरु आफै पनि सचेत हुनुपर्ने कुराको सुझाब दिइन् ।

समाचार शेयर गर्नुहोस्
792
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.