सहयोगका लागि तयार छिन् बबिता

सहयोगका लागि तयार छिन् बबिता

काठमाडौं (पहिचान) जेठ ९ – गायिका बबिता मानन्धरले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि सहयोग गर्न आफू तयार रहेको वताएकी छन् । रेडियो कार्यक्रम पहिचानसँगको कुराकानीमा उनले आफूले गर्नसक्ने सहयोग गर्दा समलिंगी तेस्रोलिंगीका लागि सहयोग पुग्ने भए सँधै सहयोग गर्न तयार रहेको वताइन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि सबैले सहयोग गर्नुपर्नेमा जोड दिएकी उनले आफू समलिंगीको अधिकारका लागि गीत गाउन पनि तयार रहेको वताइन ।
कलाकारहरुले सके गीत गाउनु पर्ने नसके समलिंगी तेस्रोलिंगी पनि आफूहरु सरह समान रहेको भनेर स्टेज कार्यक्रमबाट एनाउन्स गर्न सक्नु पर्ने गायिका मानन्धरको भनाई छ ।
विश्वका अन्य देशमा समलिंगी तथा तेस्रोलिंगीलाई सहज वातावरण भए पनि नेपालमा भने अझै पनि सकारात्मक वातावरण नहुनु दुखद भएको उनको भनाइ छ ।
संविधानले नै अधिकार प्रदान गरिसकेको अवस्थामा अब समाजले स्वीकार्नुको विकल्प नभएको भन्दै उनले समाजमा चेतनाको विकास नभएसम्म विवेदको अन्त्य नहुने वताइन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका व्यक्ति आफ्ना धेरै साथी भएको भन्दै गायिका मानन्धरले समाजले समान व्यबहार गर्नसके समलिंगी तेस्रोलिंगीले पनि अन्य मानब सरह नै काम गर्नसक्ने बताइन् ।
संगीत सँगै अन्य धेरै क्षेत्रमा यो समूदायका व्यक्ति भए पनि विभेदको शिकार हुने डरले कोही पनि खुल्न नसकेको उनको बुझाइ छ ।
अधिकारका लागि नील हिरा समाजले चलाइरहेको अभियान सकारात्मक भएको भन्दै उनले समाजको अभियानमा सबै पक्षले साथ दिनु पर्ने गायिका मानन्धरको भनाइ छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.