निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

निःशूल्क कानुनी सेवा दिने हरिजनको आश्वासन

निःशूल्क कानुनी सेवा दिने हरिजनको आश्वासन

650
SHARES

विनोद वि.सी (पहिचान) जेठ १३ – नवलपरासी जिल्लाका कानुन व्यवासायी नेमनारायण हरिजनले समलिंगी तेस्रोलिंगी अहिले मात्रै नभएर प्रचिनकाल देखिनै रहेको बताएका छन् । पहिचान अनलाईन संग कुरा गर्दै हरिजनले समलिंगी तेस्रोलिंगी समूदायलाई पहिचान खुलाएर आउन आग्रह गर्दै अधिकारका लागि थप संघर्ष गर्न सुझाव दिए ।
तेस्रोलिंगी खुलेर नआएसम्म उनीहरुले अधिकार नपाउने उनको भनाइ छ । संगठित भएर अधिकारको अभियान चलाउनु पर्नेमा उनको जोड छ । नवलपरासीमा पहिचान अनुसारको नागरिकता लिन जाने एक तेस्रोलिंगीलाई जिल्ला प्रशासनले डाक्टरको सिफारिस लिएर आउन भनेपछि डाक्टरकोमा जाँदा डाक्टरले संवेदनशील अंगमा हातपात गरि अमानविय व्यवाहार गर्दा आफूले कानुनी रुपमा सहयोग गरेको उनले स्मरण गरे ।
कानुन व्यवसायी हरिजनले सम्पूर्ण समलिंगी तेस्रोलिंगी समूदायहरुलाई आफ्नो अधिकारको आवाज उठाउनकै लागि भएपनि राजनैतिक पार्टीमा प्रवेश गर्न सुझाव समेत दिए । हरिजनले आफू कानुन व्यवासायी भएको हैसियतले कुनै पनि समालिंगी तेस्रोलिंगीलाई कानुनी सहयोग चाहिएमा निशुल्क सेवा प्रदान गर्ने प्रतिद्धता समेत जनाए ।

समाचार शेयर गर्नुहोस्
650
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.