यौनिक अल्पसंख्यकबारे चेतना जगाउन सांस्कृतिक कार्यक्रम

यौनिक अल्पसंख्यकबारे चेतना जगाउन सांस्कृतिक कार्यक्रम

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) जेठ १८ – हेटौडामा यौनिक तथा लैंगिक अल्पसख्यक समुदायप्रति हुने लाञ्छना र भेदभाव न्यूनिकरणसम्बन्धि जनचेतनामुलक बृहत् सांस्कृतिक कार्यक्रम भएको छ । हेटौडा उपमहानगरपालिका र दिवा परियोजनाको आर्थिक सहयोगमा नील हिरा समाजको शाखा कार्यालय फ्रेण्ड्स हेटौडाले सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
Makawanpurकार्यक्रममा हेटौडा उपमहानगरपालिकाका प्रमुख सुवेद प्रसाद पोखरेलले यौनिक तथा लैंगिक अल्पसख्यक समुदायप्रति हेरिदै आएको गलत दृष्टिकोण अब परिबर्तन हुनुपर्ने बताए । यौनिक अल्पसख्यकका मुद्दाहरु संविधानले नै समेटिसकेकोले अब समलिंगी तेस्रोलिंगी खुलेर आफ्नो पहिचान सहित अगाडी आउन आग्रह गरे ।
यस्तै नृत्य प्रस्तुतका लागि आएकी निरुता पाण्डेले यो वर्ग सृष्टिको सुन्दर उपहार भएको बताईन् । उनले आफुलाई परिवारले सपोर्ट गरेकै कारण आज यस स्थानमा आइपुग्न सफल भएको भन्दै सबैलाई यौनिक तथा लैंगिक अल्पसख्यक समलिंगी तेस्रोलिंगी प्रतिको हेय भाव हटाउन आग्रह गरिन् ।
कलाकारहरुको उपस्थिति भएको कार्यक्रममा फ्रेण्ड्स हेटौडा स्टारमा कृष्ण बहादुर थोकर आशिका र फ्रेण्ड्स हेटौडा एम्बिस्टारमा बर्षा मगर चुनिएका छन् । उनीहरुलाई यस अघिका श्याम कुमार दाहाल र इन्दिारा न्यौपानेले पद हस्तान्तरण गरेका हुन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.