तेस्रोलिंगी शिल्पा एमाले जिल्ला कमिटि सदस्य मनोनित

तेस्रोलिंगी शिल्पा एमाले जिल्ला कमिटि सदस्य मनोनित

दाङ (पहिचान) जेठ १८ – तेस्रोलिंगी शिल्पा चौधरी नेकपा एमाले दाङको जिल्ला कमिटि सदस्य मनोनित भएकी छन् । एमाले दाङ जिल्ला कमिटिका अध्यक्ष जोगबहादुर रानाले चौधरीलाई मनोनित गरी जिल्ला कमिटि सदस्य बनाएका हुन् । यसअघि पनि क्षेत्रिय कमिटिमा बसेर काम गरेकी चौधरी एमालेको राजनीतिमा क्रियाशील छन् ।
सोमबार मनोनित भएपछि चौधरीले आफूलाई खुसी लागेको बताइन् । ‘म लामो समय देखि नेकपा एमालेको राजनीतिमा नै लागिरहेकी छु’ पहिचानसँगको कुराकानीमा शिल्पाले भनिन्, ‘मेरो मूल्यांकन गरेर जिल्ला कमिटिमा ल्याउनुभएको छ, अब म पूर्ण लगावका साथ पार्टीमा आफ्नो जिम्मेवारी बहन गर्नेछु ।’ उनले यस अघि पनि पार्टीका गतिविधिमा सक्रियतापूर्वक सहभागि हुँदै आएको भन्दै अबका दिनमा थप सक्रिय हुने भूमिका प्राप्त भएको बताइन् ।
सोमबार मात्र जिल्ला कमिटि सदस्य नियुक्त भएकी शिल्पा यसअघिनै भएको अखिल नेपाल महिला संघ दाङको सातौं जिल्ला सम्मेनबाट जिल्ला कमिटि सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन । संविधानले तोकेका आठवटा कोटा मध्ये अल्पसंख्यक कोटामा उम्मेद्वारी दिएकी शिल्ला अन्य प्रतिस्पर्धीले उम्मेद्वारी नदिएपछि सर्वसम्मत भएकी हुन् ।
संविधानसभाको चुनाव अघि देखि एमालेमा क्रियाशील शिल्पाले आफू तेस्रोलिंगी मात्र नभएर क्रियाशील पनि भएका कारण निर्विरोध निर्वाचित भएको बताईन् । ‘हाम्रो सातौ जिल्ला सम्मेलनले शिल्लालाई पनि जिल्ला कमिटि सदस्यमा निर्वाचित गरेको हो’ अखिल नेपाल महिला संघ दाङकी अध्यक्ष मिना गुरुङले भनिन्, ‘उहाँलाई अल्पसंख्यक कोटामा निर्वाचित गरेपनि करिव तीन वर्ष देखि उहाँको एमाले भित्रको सक्रियता नै एउटा कारण हो ।’ उनले क्रियाशिलता विना राजनीतिमा अघि बढ्न संभव नहुने भन्दै शिल्पाको क्रियाशिलताले उनलाई माथि पुयाउने बताइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.