राज्यका सबै अंगहरुमा तेस्रोलिंगीहरुको स्थान हुनुपर्छ : डाक्टर भट्टराई

राज्यका सबै अंगहरुमा तेस्रोलिंगीहरुको स्थान हुनुपर्छ : डाक्टर भट्टराई

769
SHARES

काठमाडौं (पहिचान) जेठ १९ – नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सबै खाले विभेद र उत्पिडनमा परेकाहरुको मुक्तिका लागि लड्ने साझा संगठन नयाँ शक्ति शक्ति हुने दावी गरेका छन् । समलिंगी तेस्रोलिंगीलाई नयाँ शक्तिले कसरी मुलधारमा समाबेश गर्छ र विधानमा समेटेको छ कि छैन भन्ने कुमार बैद्यकोे प्रश्नमा डाक्टर भट्टराईले नयाँ शक्ति सबैखाले विभेद र उत्पिडनमा परेकाहरुको मुक्तिका निम्ती लड्ने साझा संगठन हुने दावी गरेका हुन् ।

नयाँ शक्ति निर्माणमा आदिवासी जनजातीको भूमिका बिषयक अन्तरक्रियामा उनले नयाँ शक्तिमा विभिन्न जाती, भाषा, क्षेत्र, लिंग समूदाय सबैको समाबेशी समानुपातिक प्रतिनिधित्व गराउने घोषित अबधारणा रहेको वताए । लैंगिक हिसावले महिलाहरुको ठूलो उत्पिडित समूह हो भने अर्को तेस्रोलिंगी समूदाय भट्टराईले भने, तेस्रोलिंगी झन महिलाहरु भन्दा पनि बढी विभेद र उत्पिडनमा परेको समूदाय भएको हुनाले उसलाई हामीले पार्टीका विभिन्न अंगहरुमा समावेश गरेका छौ । उनले नयाँ शक्तिको विधानमा पनि तेस्रोलिंगीहरुको समावेशी समानुपातिक ढंगले प्रतिनिधित्वको व्यवस्था गर्ने वताए ।Baburam Bhattrai

पार्टीमा मात्रै होइन राज्यका सबै अंगहरुमा उनीहरुको स्थान हुनुपर्छ भट्टराईले भने, उनीहरुले समाजमा सम्मानजनक स्थान प्राप्त गर्नुपर्छ भन्ने ढंगले हामीले विधानमा राख्दैछौ । जनजाती नेतारु परसुराम खापुङ, पासाङ शेर्पा, गणेश राई,देवेन्द्र पौडेल लगायतले सम्बोधन गरेको कार्यक्रममा नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले नयाँ शक्तिमा तेस्रोलिंगीलाई समावेश गराएको वताइन । तेस्रोलिंगीको क्षमता, दक्षता र मेहनतलाई हेरेर नयाँ शक्तिले तेस्रोलिंगीलाई नयाँ पहिचान दिएको छ यमीले भनिन्, राज्यका निकायमा पनि सबै उत्पिडित वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ ।

नयाँ शक्ति नेपालले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङलाई अन्तरिम केन्द्रिय परिषद् सदस्य बनाइसकेको छ । नयाँ शक्ति नेपालले गर्ने हरेक कार्याक्रममा यो समूदायले सुरुवातदेखिनै सक्रियाता पूर्वक सहभागिता जनाउँदै आएको छ ।

समाचार शेयर गर्नुहोस्
769
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.