निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समलिंगी तेस्रोलिंगीका अधिकार अब कसैले रोक्न सक्दैन : धनराज गुरुङ

समलिंगी तेस्रोलिंगीका अधिकार अब कसैले रोक्न सक्दैन : धनराज गुरुङ

780
SHARES

काठमाडौं (पहिचान) जेठ २५ – सांसद तथा कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले तेस्रोलिंगीले पाएका अधिकार कसैले पनि खोस्न नसक्ने बताएका छन् । यौनिक अल्पसंख्यको आवाज रेडियो कार्यक्रम पहिचासँग कुरा गर्दै सांसद गुरुङले संविधानले संबोधन गरेको समुदायको अधिकार अब कसैले खोस्न नसक्ने बताए ।
‘संविधानले नै समलिंगी तेस्रोलिंगीहरुलाई यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन गरेको छ’ सांसद गुरुङले भने, ‘अब त्यसलाई कानुनमा नराखी सुखै छैन, कानुनमा नराख्ने हो भने संविधान नै कार्यान्वयन नभएको ठहर्छ ।’ उनले धेरै ठुलो प्रयासबाट बनेको संविधान कार्यान्वयनमा सामुहिक प्रयास आवस्यक हुने बताए ।
‘सामुहिक प्रयासबाट बनेको संविधान कार्यान्वयनका लागि पनि सामुहिक पहल आवस्यक छ’ उनले भने, ‘सरकार संविधान कार्यान्वयनका लागि पर्याप्त तयार भएको देखिदैन, उसलाई समलिंगी तेस्रोलिंगीसहित सबै सरोकारवालाले झकझकाउन आवस्यक छ ।’ उनले प्रधानमन्त्री संविधान कार्यान्वयनका लागि संवेदनशील हुुनुभन्दा पनि देशका समस्यालाई अझ जटिल बनाउने तर्फ केन्द्रीत भएको उनले आरोप लगाए ।
‘समलिंगी तेस्रोलिंगीले पनि संविधानमा लेखियो अब हामीले सबै कुरा पायौ भनेर बस्नु हुँदैन’ उनले भने, ‘संविधानमा लेखिएका विषयलाई आफू अनुकुलको व्याख्या हुने भएकाले समलिंगी तेस्रोलिंगगीले क्रियाशील हुनुपर्ने हुन्छ ।’ उनले कानुन निर्माणका लागि तेस्रोलिंगीहरुले आफ्ना तर्फबाट क्रियाशीलता देखाउनुपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
780
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.