पहिचान प्रभावः अछाममा एक अन्तरलिंगीको पहिचान

पहिचान प्रभावः अछाममा एक अन्तरलिंगीको पहिचान

राज चौधरी/कैलाली (पहिचान) जेठ २६ – अछाममा थप एक जना अन्तरलिंगी व्यक्तिको पहिचान भएको छ । जिल्लाको खप्तड गा.वि.स.४ मा जन्मिएकी बसन्ती कडायत अन्तरलिंगी महिला भएको पहिचान भएको हो ।
जन्मिदा छोरीका रुपमा जन्मिएकी कडायतको १० वर्ष भएपछि शारीरिक विकास अरुभन्दा फरक तरिकाले हुन थालेको थियो । उनको लैंगिक पहिचान फरक हुदैगएपछि परिवारले उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगेर परीक्षण गर्दा कुनै रोग नदेखिए पछि उनी अन्तरलिंगी भएको थप पुष्टि भएको हो ।
आछाम बाट कैलाली आउदा उनले कार्यक्रम पहिचान सुनेर आफू अन्तरलिंगि हो भनेर जानकारी पाएको वताइन । शारीरिक विकास हुदा केटा र केटी दुबैजस्तो आफू नभएपछि विद्यालयमा साथीहरुले हिजडा, छक्का भनेर जिस्काउने गरेको उनले बताइन् ।
आफू अन्तरलिंगी हु भनेर परिवारलाई भन्न नसकेको उनले गुनासो गरिन् । समाजले नकारात्मक दृष्टिकोणले हेर्ने र अनेक किसिमको विभेद गर्ने उनले वताइन् । कडायतले समाजमा सबै नागरिक समान रहकेो भन्दै बाच्नका लागि समान व्यवहार गर्नु पर्ने वताइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.