उपत्यका बाहिर पहिलोपटक तेस्रोलिंगीमा आइबीबीएस रिसर्च

उपत्यका बाहिर पहिलोपटक तेस्रोलिंगीमा आइबीबीएस रिसर्च

काठमाडौं (पहिचान) जेठ २६ – पहिलोपटक उपत्यका बाहिर आइवीवीएस सर्भे हुन लागेको छ । सेभ द चिल्ड्रेन, नेपाल सरकार स्वास्थ्य मन्त्रालय र सरोकारवालाको समन्वयमा हुने रिसर्चले एचआइभी प्रिभिलेन्स परिक्षण गर्नुका साथै उनीहरुको शारीरिक र व्यवहारगत प्रतिवेदन तयार पार्छ ।
‘यो सेभले गर्ने रिसर्च हो हामीले राष्ट्रिय कार्यक्रम भएकाले समन्वयकर्ताको रुपमा मात्र काम गर्छौ’ राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रका सूचना अधिकृत बीरबहादुर रावलले भने, ‘यो सडक वालबालिका, समलिंगी तेस्रोलिंगी, यौन कार्यमा संलग्न महिला तथा लागु औषध प्रयोगकर्तामा गरिने अध्ययन हो ।’ उनले यस पटक यो कार्यक्रम काठमाडौं, पुर्वाञ्चलका झापा मोरङ, सुनसरी पश्चिमाञ्चलका रुपन्देही र कपिलवस्तु तथा सुदुरपश्चिमाञ्चलका कैलाली र कञ्चनपुरमा हुन लागेको जानकारी दिए ।
‘यसपटक काठमाडौंमा सडक वालवालिका र लागु औषध प्रयोगकर्ता महिलामा मात्र अध्ययन गर्न लागिएको छ’ रावलले भने, ‘काठमाडौं बाहिर भने सबै एमएसएम र टिजी अर्थात समलिंगी तेस्रोलिंगीमा मात्र केन्द्रीत छ ।’ उनले यस अघि लागु औषध प्रयोगकर्ता पुरुष र यौनकर्मी महिला तथा सममलिंगी तेस्रोलिंगीमा पनि अध्ययन भइसकेको बताए ।
सेभ द चिल्ड्रेन ग्लोबल फण्डको आर्थिक सहयोगमा हुने यो रिसर्च रहेक दुई वर्षमा संचालन हुँदै आएको छ । ‘यो एचआइभीको अवस्था बुझ्न र संक्रमणको खतरामा रहने समुदायसँग उनीहरुका शारीरिक र व्ययवहारगत विशेषताको एकीकृत अध्ययन गर्छ’ रावलले भने ।
उपत्यका बाहिर सबैभन्दा खतराजनक अवस्थामा पुरुष समलिंगीहरु र तेस्रोलिंगीहरु रहेको निस्कर्ष सहित पुर्वाञ्चल, पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलका तराईका जिल्लामा रिसर्च गर्न लागिएको हो । तेस्रोलिंगी सम्बन्धि रिसर्चका लागि सरोकारवाला समुदायको हैसियतले नील हिरा समाज काठमाडौं र त्यस अन्तर्गतका विभिन्न जिल्लामा रहेका शाखाहरुले सहभागिता जनाउने छन् ।
पुर्वाञ्चलको झापा मोरङ सुनसरीमा १२० जना, पश्चिमाञ्चलको रुपन्देही र कपिलबस्तुमा पनि १२० जनामा अध्ययन गरिने छ भने सुदुरपश्चिमको कैलाली र कञ्चनपुरमा १०० जनामा अध्ययन गरिने छ । त्यसका लागि तीन तीन जनाको टोली परिचालन गरिएको छ । जसमा एकजना काउन्सिलर, एकजना टेक्निकल पर्सन र एकजना ल्याव टेक्निसियन रहन्छन् । १० दिनमा फिल्ड अध्ययन पुरा गर्नेगरी थालिएको रिसर्चको प्रतिवेदनका लागि दुई देखि तीन महिनासम्म लाग्ने सूचना अधिकृत बीरबहादुर रावलले जानकारी दिए ।
‘समलिंगी तेस्रोलिंगीका विषयमा पहिलोपटक भ्यालीबाहिर अइवीवीएस रिसर्च हुन लागेको हो’ नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले भनिन्, ‘यसपटक पुर्वाञ्चल पश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चलका तराईका जिल्लामा एड्स तथा यौन रोगको खतारमा रहेको यो समुदायमा नेपाल सरकारले अध्ययन गर्न लागेको हो ।’ उनले यो अध्ययन पछि नेपाल सरकारको नीति निर्माणमा प्रभावित हुने अपेक्षा गरेको बताइन् । रुपन्देहीमा रहेकी तेस्रोलिंगी अधिकारकर्मी आनिक राणाले रुपन्देहीमा पनि यो समुदायमा अध्ययन हुन लागेको भन्दै एचआइभी संक्रमितको अवस्था सुधारमा अध्ययन फलदायी हुने बताइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.