रेश्मा “प्रथम मिस डायमण्ड रुपन्देही २०१६”

रेश्मा “प्रथम मिस डायमण्ड रुपन्देही २०१६”

विनोद विक/रुपन्देही (पहिचान) जेठ २७ – समयचक्र सँगै समाजको दृष्टिकोण पनि परिवर्तन हुँदैछ । समाजले सुरुमा बनाएको धारणा बिस्तारै समयसँगै परिवर्तन हुँदैछ । जसका कारण केही सहज वातावरण तयार भइरहेको छ । जिन्दगी जिउने आधार तयार हुँदैछ ।
समाजले लिंगीय पहिचानकै आधारमा गर्दै आएको विभेदको श्रृखला अन्त्य हुँदै गएको छ । समाजमा तेस्रोलिंगीहरुलाई हेर्ने नजर राम्रो भैसकेको छ । तथापि देवदह रुपन्देहीकि रेश्मा डार्लिंगले अझै घरमा भन्न सकेकी छैनन् । उनले सायद अहिलेसम्म घरमा खुल्लारुपमा भन्न सकेको भए र घरबाट पनि उनको त्यो भित्रि मानसिकतालार्इ बुझेको भए उनी अझै खुसि हुन्थिन । “यत्रो ठूलो गरिमाको अगाडी मेरो घर परिवार भएन, उपाधि जित्दा जति खुसि छु, त्यति दुःखी आफ्नो परिवारलाइ आफ्नो यो ट्यालेण्ट देखाउन नपाउदा लागेको” रेश्माले बताइन् ।
भरोशा समाज बुटवल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सह आयोजनामा बुटवलमा सम्पन्न “प्रथम मिस डायमण्ड रुपन्देही २०१६” को उपाधि रेश्मा डार्लिंग न्यौपानेले चुमेकी छिन् । ११ जना प्रतिस्पर्धिलाइ पाखा लगाउदै उनले उपाधि चुमेकी हुन् । रुपन्देही भित्रका तेस्रोलिंगीहरुले भागलिन पाउने प्रतियोगितामा आफ्नो र्याम्प अनि प्रतिभाको बिषयमा प्रतिष्पर्धा गराइएको थियो । प्रतियोगिताको फस्टरनरअप दिलाशा के.सी., सेकेण्डरनरअप अन्जली थापामगर भएकी भइन् ।Miss Diamond 1 copy

छ राउण्डमा सम्पन्न प्रतियोगितामा बेस्ट फिगरमा रिना राना, बेस्टक्याटवाकमा जैबीका गैरे, बेस्टमिलनसारमा दुर्गा बोहोरा, बेस्टट्यालेन्टमा अन्जली थापामगर र बेस्टपर्सनालिटीको उपाधी रोशनी थापाले उचाले ।
ब्युटिसियन हेल्थकेयर नेपालकि रेखा थापा, मिस पिङ्क नेपाल २००८ कि बिजेता सन्ध्या लामा, हुमन राइट्स नेपाल रुपन्देहीका बिनोद बिक ,नायक तथा मोडल लक्की दीपक र समाजसेवी कुमारी थापा निर्णायक मण्डलमा थिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु ८००० , फस्ट रनरअप लाइ ५००० र सेकेण्ड रनर अपलाई ३००० प्राप्त गरे ।
सुअम्न श्रेष्ठले उद्घोषण गरेको कार्यक्रममा नृत्यकर्मी संघ रुपन्देही, बिएनबि क्रियु लगायतका बिशेस कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको सम्पूर्ण संयोजक तेस्रोलिंगी तथा डान्सर बिनिता शाहीले गरेकी थिइन् भने उनकै कोरियोग्राफी गरेकी थिइन् । उनलाई कोरीयोग्राफीमा आवन्तिका घर्ति र कृष्ण कुँवरले समेत साथ दिएका थिए ।
“यो पहिलो प्रतियोगिता भएकोले राशिको हिसाबमा थोरै देखिए पनि आगामी बर्ष ठूलो धनराशीका साथ यो प्रतियोगिता गरिने” कार्यक्रमकी संयोजक बिनिता शाहीले बताइन् ।
“समाजमा तेस्रोलिंगीलाइ हेर्ने नजर परिबर्तन गर्न र बिना डर आफूलाई म तेस्रोलिंगी हु भनेर बाहिर आउनसक्ने बनाउन कार्यक्रमको आयोजना गरिएको हो” उनले भनिन् । Resma
“प्रथम मिस डायमण्ड रुपन्देही २०१६” का आयोजक सस्था भरोशा समाज रुपन्देहीका अध्य्क्ष दया सारुका अनुसार आगामी वर्षमा यो प्रतियोगिता लाई अझै परिस्कृत गर्दै लैजाने बताए ।

बिजेता रेश्मा डार्लिंग अहिले विभिन्न स्टेज तथा कार्यक्रममा ब्यस्त छिन । २ वर्ष पहिले उनि रेशम न्यौपानेको नामबाट एउटा डान्सरको रुपमा परिचित थिए ।

धेरैलाइ लाग्न सक्छ, रेशम एक्कासी कसरि रेश्मा बनिन ? तर रेश्मा लार्इ यो सामान्य प्रक्रिया हो हरेक मानिसमा आफ्नो लिंगीय पहिचान हुन्छ, “म पनि एउटा सामान्य मानिस भएकोले मेरो आफ्नो लिङ्गको पहिचान खोज्न र समाजको अगाडी आफ्नो पहिचान र असल कामको उदाहरण देखाउन अगाडी बढेकी छु” उनले भनिन् ।
गहुगोरो बर्ण, अग्लो कदमा ब्ल्याक ग्राउनमा सजिएकी रेश्माले यो प्रतियोगीता आफूले उपाधी चुम्दा धेरै खुसि लागेको बताइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.