तेस्रोलिंगीबारे कक्षा संचालन गर्न जिल्ला विकास समिति मकवानपुरको आर्थिक सहयोग

तेस्रोलिंगीबारे कक्षा संचालन गर्न जिल्ला विकास समिति मकवानपुरको आर्थिक सहयोग

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) जेठ २८ – जिल्ला विकास समिति मकवानपुरको आर्थिक सहयोगमा फ्रेण्ड्स हेटौडाले पालुङ नगरपालिकाका विद्यालयहरुमा यौनिकता सम्बन्धि कक्षा संचालन गरेको छ । फ्रेण्ड्स हेटौंडाले संचालन गरेको कक्षामा निम्नमाध्यामिक र माध्यामिक तहका करिव सवा दुई सय विद्यार्थी सहभागि भएका छन् ।
प्राकृतिक लिंग, समाजिक लिंग र यौनिकताका विषयको कक्षामा सेती गणेश निम्नमाध्यमिक विद्यालयका कक्षा ६ देखि ८ सम्मका करिव एक सय विद्यार्थी सहभागि भए । यस्तै जनकल्याण उच्चमाध्यामिक विद्यालयमा संचालन भएको कक्षामा कक्षा १० मा अध्ययनरत करिव एक सय ४५ विद्यार्थी सहभागि भए ।
विद्यार्थीहरुसँग कक्षा कोठामा समलिंगि तेस्रोलिंगीहरुकोबारेमा बृहत छलफल गरि प्राकृतिक रुपमा जन्मले निर्धारण गर्ने लिंग, त्यसपछि त्यस अनुरुप समाजले दिने भूमिकाअर्थात सामाजिक लिंग र मानिसको लैंगिकता अर्थात मानिसको यौनिक झुकाव अर्थात (यौनिकता)का विषयमा जानकारी गराइएको थियो । विद्यार्थीहरुलाई समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष जस्तै एउटै गर्भबाट जन्मिएका सन्तान भएको भन्दै उनीहरुको विशेषता फरक पुरुष र महिलाबीचको फरक जस्तै भएको बुझाइएको थियो ।
कक्षामा हरेक मानिसका फरक विशेषता हुने भन्दै कसैको फरक यौनिकता र फरक पहिचानकै आधारमा विभेद गर्नु नहुने कुरा पनि बुझाउने प्रयत्न गरिएको थियो । मानव अधिकारको नजरमा मानिस समान हुने भन्दै अरुको अधिकार हनन् हुने क्रियाकलाप कसैले पनि गर्न नहुने कुरा विद्यार्थीहरुलाई बुझाइएको थियो । ‘विभेदको अन्त्य भए मात्र समाज परिवर्तन सम्भव हुन्छ’ भन्ने तथ्यलाई बुझाउन विद्यालयबाट नै परिवर्तन हुनु आवश्यक भएको पनि उक्त कक्षामा बुझाइएको थियो ।
कक्षामा विद्यार्थीहरुले सक्रियतापुर्वक भाग लिँदै सवाल जवाफ गरेका थिए । कक्षापछि उनीहरुले प्राकृतिक लिंग समाजिक लिंग र यौनिकताका विषयमा प्रष्ट हुन पाएको भन्दै खुशी व्यक्तगरे । विद्यार्थीहरुले समलिंगी र तेस्रोलिंगीको बारेमा नबुझेकै कारण समाजमा विभेद रहेको भन्दै आफूले बुझेका विषय सम्भव भएसम्म बुझाउने बताएका थिए । उनीहरुले पाठ्यक्रममै यस्ता विषय समावेस गरेर सबैलाई बुझ्न सहज हुने बताएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.