१७ जिल्लाका १ सय ११ जना यौनिक अल्पसंख्यकमा एचआइभी संक्रमण

१७ जिल्लाका १ सय ११ जना यौनिक अल्पसंख्यकमा एचआइभी संक्रमण

काठमाडौं (पहिचान) जेठ ३२ – देशका १७ जिल्लाका १ सय ११ जना समलिंगी तेस्रोलिंगीमा एचआइभी संक्रमण भेटिएको छ । ग्लोवल फण्ड सेभ द चिल्ड्रेनको सहयोगमा नील हिरा समाजले गरेको अध्ययनमा ३२ हजार ७ सय ८४ जना यौनिक तथा लैंगिक अल्पसंख्यकमा गरिएको रक्त परिक्षणमा १ सय ११ जनामा एचआइभी संक्रमण भेटिएको हो ।

१० महिनाको अवधीमा एमएसएममा ० दशमलव २५, एमएसडब्लुमा १ दशमलव २५ र टिजीमा १ दशमलव ४८ प्रतिशतमा एचआइभीको संक्रमण देखिएको नील हिरा समाजमा कार्यरत अनुगमन तथा मुल्याङकन अधिकृत सुवाष पोखरेलले जानकारी दिए । नील हिरा समाज शाखा कार्यालय झापाकी चञ्चलाका अनुसार १० महिनाको अवधीमा झापामा ३ जना एचआइभी संक्रमितको मृत्यु भएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा नील हिरा समाजले गरेको दुई दिने समिक्षा बैठकमा चञ्चलाले ३ जना एचआइभी संक्रमितको मृत्यु भएको जानकारी दिएकी हुन् ।

विभिन्न संस्थाको सहयोगमा नील हिरा समाजले समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगी व्यक्तिमा एचआइभीको संक्रमण हुन नदिन र संक्रमितको उपचार सेवा दिदै आएको छ । असुरक्षित यौन सम्पर्क नगरौ, यौन सम्पर्क गर्दा अनिवार्य कण्डमको प्रयोग गरौ भन्ने चेतना दिएकै कारण यो समूदायका सदस्यमा संक्रमणको दर कम गर्न सकिएको नील हिरा समाजले जनाएको छ ।HIV

काठमाडौंमा भएको दुई दिने समिक्षा बैठकमा देशका विभिन्न २५ जिल्लाका समलिंगी तेस्रोलिंगीहरुले सेवासँगै अभिमुखिकरण कार्यक्रम पनि लैजानु पर्नेमा जोड दिए । कतिपयलाई एचआइभी रोग नै हो भन्ने लाग्दो रहेछ नवलपरासीको उदाहरण दिदै पुष्पा लामाले भनिन्, एक जना एचआइभी संक्रमित उपचार गर्न बैद्यकोमा गएका छन् । पटक पटक आग्रह गर्दा पनि नमानेको र अव बैद्यकोबाट फर्केर आएपछि पनि फेरी फलो अप गर्ने पुष्पाले वताइन । उनले केही केहीले जागिर दिने हो र ? भनेर प्रश्न समेत गरेको वताइन ।

सेभ द चिल्ड्रेन मध्य र सुदुरपश्चिम क्षेत्रका परियोजना व्यवस्थापक हरिबोल बजगाईले लक्षित बर्गसम्म पुग्न यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई सुझाव दिए । ग्लोवल फण्डको सहयोग लक्षित बर्गसम्म पुग्नुपर्नेमा जोड दिदै बजगाईले एचआइभी संक्रमण हुन कपिलबस्तुमा तेस्रोलिंगीलाई खुल्न गारो रहेको प्रेरण विष्टले वताइन । कपिलबस्तुमा मुश्लिम समूदाय धेरै छन उनले भनिन्, तेस्रोलिंगीलाई खुलेर आउनै गारो छ, जनतेचना मुलक कार्यक्रम संचालन गर्नु पर्छ ।

कञ्चनपुरका चाल्र्सले एचआइभी संक्रमितलाई सेवा दिदै जनचेतना मुलक कार्यक्रम पनि संचालन गरिरहेको वताए । दाङकी शिल्पा चौधरी, भक्तपुरकी ज्योती थापाले फलो अप गरिरहेको तर फलो अपमा आएकाहरु माइग्रेन्ट हुने गरेको वताइन । रुपन्देहीकी मनिला न्यौपानले नयाँ भेटिने भन्दा फलो अपको संख्या धेरै रहेको जानकारी दिइन । यस्तै सुनसरीमा पनि फलो अपमा आउने धेरै छन् । सेभ द चिल्ड्रेनकी अभिलेखिकरण अधिकृत अनुपमा पुनले प्रतिवेदन तयार गर्दा तस्विर समेत राखेर पठाउन सुझाव दिइन ।
समिक्षा बैठकमा नील हिरा समाजका वित्तिय अधिकृत केशव हरि थापाले प्रस्तुत गरेको कविता :
बाँच्न जिन्दगीमा आशा हुनुपर्छ
निराशाहरुको सर्वनाश हुनुपर्छ ।
जीवनबाट भागेर, पुग्नु कहाँसम्म
संघर्ष संकल्प र सहास हुनुपर्छ ।
चुनौतीसँग खेल्दै, गन्तव्य चुम्नुलाई
जीवनमा कोही एक, खास हुनुपर्छ ।
खनेर वाटाहरु जीवन बदल्नलाई
सु सम्भावनाहरुको, एस हुनुपर्छ ।
ढेडो र गुन्द्रुकमै आनन्द फुल्न सक्छ
झुप्रै होस तर सुन्दर, बास हुनुपर्छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.