कैलाली (पहिचान) असार १ – धनगढी उपमहानगरपालिकाकी समलिंगी महिला सीता लामा (नाम परिवर्तन) ले आफ्नो जीवन गुजारा बुटिक्समा काम गरेर चलाइरहेकी छन् । लामाले आफ्नो पढाई खर्च देखि सबै खर्च बुटिक्सबाटै धान्दै आएकी छन् ।
लामा समलिंगी महिला भए पनि समाज तथा घर परिवारको डरले खुलेकी भने छैनन् । तर, लामा आफ्नो साथी संगै बसिरहेकी छन् । लामाले समलिंगी तेस्रोलिगीको क्षमता र सीप विकासका विभिन्न किसिमको सीपमुलक तालिमको आवश्यकता रहेको वताइन् । लामाले समलिंगी महिलालाई अरु समुदायभन्दा वढी समस्या रहेको र समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताइन् ।
आफ्नो साथीसंग बसिरहेकी लामालाई “केटा नपाएर केटीसंग बसेकी ?” भनेर प्रश्न गर्ने गरेको उनको गुनासो छ । त्यसैले लामाले आफू खुलेर आउन नसकेको बताइन् । समलिंगी विवाहलाई राज्यले मान्यता नदिए पनि र घर परिवार तथा समाजले स्वीकार नगरे पनि अहिले पनि सयौं समलिंगी जोडी संगै बस्दै आएका छन् ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.