निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

खुलेर आए सहयोग गर्ने क्षेत्रीको प्रतिबद्धता

खुलेर आए सहयोग गर्ने क्षेत्रीको प्रतिबद्धता

666
SHARES

काठमाडौं (पहिचान) असार २ – सामाजिक अभियन्ता सिंगापुर रेडक्रसकी नेपाल प्रतिनिधि कल्पना क्षेत्रीले समलिंगी तेस्रोलिंगी पनि समान नागरिक भएको भन्दै विभेदन नर्गन आग्रह गरेकी छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले महिला पुरुष सरह यौनिक तथा लैंगिक अल्पसंख्यक पनि समान रहेको भन्दै विभेद गर्न नहुने बताइन् ।
“हामी सबै समान हौं, समलिंगी तेस्रोलिंगीलाई राज्य तथा सबै नागरिकले रेस्पोन्स गर्नु पर्छ”, उनले भनिन्, फरक पहिचान भएकै कारण विभेद गरिनु हुँदैन । अन्यायमा परेको वर्ग तथा समूदायलाई अपहेलित होइन मायाँ गर्नुपर्छ ।”
समलिंगी तेस्रोलिंगीलाई खुला मनले स्वागत गर्दै सहयोग गर्नु पर्नेमा उनको जोड छ । “एक्लै गरे हुँदैन, तर सबै मिलेर ग¥यो भने नहुने भन्ने केही पनि हुँदैन”, उनले भनिन् “म त व्यक्तिगत रुपमा सहयोग गर्न तयार छु, सँगै अभियानमा लिएर हिड्न तयार छु ।”
सिंगापुर रेडक्रसको सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य चौकी, सामाजिक भवन र विद्यालय बनाउँदै हिडेकी उन्ले भनिन्,“यदी समलिंगी तेस्रोलिंगी खुलेर आउँछन् र म सँगै अभियानमा हिड्छन् भने म मेरो अभियानमा समावेश गर्न तयार छु ।”
एक्काइसौं सताब्दीमा पनि फरक लिंगीय पहिचानकै आधारमा विभेद हुनु दुर्भाग्य भएको भन्दै उनले राज्यले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अन्य अल्पसंख्यक सरह समान व्यवाहार गर्नु पर्ने बिचार ब्यक्त गरिन् ।
अमेरिका लगायत कतिपय देशमा समलिंगी विवाहलाई मान्यता दिएको अवस्थामा हाम्रो देशमा पनि यसलाई बैधानिकता दिनु पर्नेमा क्षेत्रीको जोड छ ।
उनले अधिकारका लागि पहिले स्वयम समलिंगी तेस्रोलिंगी खुल्नृु पर्ने र परिवारले स्वीकार गर्नु पर्ने बताइन् । आफै सबल र सक्षम नभएसम्म र परिवारले साथ नदिएसम्म अधिकार प्राप्तिको लडाई सफल नहुने उनको तर्क छ ।

समाचार शेयर गर्नुहोस्
666
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.