तेस्रोलिंगीका अधिकार अन्य समुदायले नउठाएसम्म स्थापित हुँदैनन् : अधिकारकर्मी थापा

तेस्रोलिंगीका अधिकार अन्य समुदायले नउठाएसम्म स्थापित हुँदैनन् : अधिकारकर्मी थापा

काठमाडौं (पहिचन) असार ५ – अधिकारकर्मी दुर्गा थापाले समलिंगी तेस्रोलिंगीका अधिकार समुदायका मान्छेको मात्र पहलले स्थापित हुन नसक्ने बताएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको आवाज रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै अधिकारकर्मी थापाले समुदायले आफ्नो समुदायको जागरण गरेर मात्र तेस्रोलिंगीले व्यवहारिक रुपमा अपधिकार प्राप्त नहुने बताइन् ।
‘समुदायका लागि काम गर्नेहरुले पनि अब समुदायका सदस्यहरुलाई मात्र राखेर हुँदैन’ थापाले भनिन्, ‘समलिंगी तेस्रोलिंगीसँगै समाजका अन्य मानिसलाई पनि राखेर समलिंगी तेस्रोलिंगीबारे बुझाउन आवस्यक छ ।’ उनले समुदाय आफूले मात्र अधिकारका कुरा गरेर समाजमा घुलमिल हुन संभव नभएको बताइन् ।
‘तेस्रोलिंगीहरु जतिसुकै शिक्षीत सभ्य र सक्षम भए पनि समाजका मानिसले समान दृष्टिकोण नबनाउदासम्म समानताको अभ्यास हुनै सक्दैन’ उनले भनिन्, ‘समानता भन्दा पनि आवस्यकता समताको हो, त्यसका लागि सबैले समलिंगी तेस्रोलिंगी विषय बुझ्नु र एउटा समान हैसियतको नागरिकका रुपमा स्वीकार्नु आवस्यक छ ।’ उनले संविधानले सुनिश्चित गरेका अधिकार कनुनमा लेखिएर त्यसको व्यवहारिक कार्यान्वयन भएपछि मात्र अधिकारको लडाइ लड्नु नपर्ने दिन आउने बताइन् ।
अधिकारकर्मी थापाले समाज विकास भनेको भौतिक विकास मात्र नभएर मानवीय तथा समाजिक, सांस्कृतिकरुपमा सर्वाङ्गीण विकास भएको भन्दै त्यसका लागि समाज सबैभन्दा ठुलो शिक्षाले हुने उनले बताइन् । ‘सडक बन्ने, महलहरु ठडिने र सुख सुविधा प्राप्त हुने कुराले मात्र विकासलाई प्रतिनिधित्व गर्दैन’ उनले भनिन्, ‘विकास हुनका लागि समाजमा बस्ने मानिसले सोच्ने शैली र संस्कारमा पनि परिवर्तन आवस्यक छ ।’ उनले मान्छेलाई मान्छेले विभेद गर्ने समाजलाई कहिलै पनि विकसित समाज भन्न नमिल्ने बताईन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.