निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नेपाल बार एसोशिएसनका महासचिव खम्बबहादुर खाति भन्छन् ‘समलिंगी विवाहले मान्यता पाउनुपर्छ’

नेपाल बार एसोशिएसनका महासचिव खम्बबहादुर खाति भन्छन् ‘समलिंगी विवाहले मान्यता पाउनुपर्छ’

666
SHARES

काठमाडौं (पहिचान) असार ८ – नेपाल बार एसोशिएसनका महासचिव खम्बबहादुर खातिले समलिंगी विवाहले मान्यता पाउनुपर्ने बताएका छन् । यौनिक तथा लौंगिक अल्पसंख्यकको आवाज रेडियो कार्यक्रम ‘पहिचान’सँगको कुराकानीमा महासचिव खातिले संविधानले नागरिकका रुपमा स्वीकारेका कुनैपनि नागरिकले विवाहको अधिकारबाट बञ्चित हुनु नहुने बताए ।
‘संविधानले यौनिक तथा लैंगिक समुदाय भनेर संबोधन गरिसकेको छ र उनीहरुलाई विभेद गर्न नमिल्ने कुरा पनि किटान गरिसकेको छ’ खातिले भने, ‘यौनिक तथा लौंगिक अल्पसंख्यक भन्नाले एलजीबीटीआई समुदाय नैं हो, त्यसैले उनीहरुको अधिकार सुनिश्चित गर्न समलिंगी विवाहलाई मान्यता दिनु आवस्यक छ ।’ उनले संविधानले भनेका विषय कानुनमा नआए संविधानको कार्यान्वयन असफल हुने बताए ।
‘यसैपनि २१औं शताव्दीमा विभेद भन्ने कुरा समाजकै लागि कलंक हो’ उनले भने, ‘तर पनि हाम्रो समाजमा विभेद कायम रहेकैले संविधानले विभेद गर्न नपाइने व्यवस्था गरेको हो ।’ उनले नेपाल बार एसोशिएसन अधिकार विहिनहरुकै लागि बोल्ने संस्था भएकाले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि सहयोगि भूमिकाका लागि तयार भएको बताए ।
‘नेपाल बार एसोशिएसन कानुन निर्माणका सन्दर्भमा बहस चलाउने र नेपाल सरकारलाई आवस्यक परेका वेला परामर्स पनि दिने संस्था हो’ उनले भने, ‘अब पनि संविधान अनुरुपका कानुन निर्माण गर्न र संविधानले ग्यारेन्टी गरेका अधिकार अनुरुपका कानुन निर्माण गर्ने कुरामा भूमिका निर्वाह गर्ने छौं ।’ उनले समाजको एउटा मात्र तप्काले बुझेर परिवर्तन सम्भव नहुने भन्दै सबैलाई यौनिक अल्पसंख्यकका बिषयमा ज्ञान हुनु जरुरी रहेको वताए ।

समाचार शेयर गर्नुहोस्
666
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.