नयाँ कानुनले अन्तरलिंगीलाई संबोधन गर्ने विश्वास

नयाँ कानुनले अन्तरलिंगीलाई संबोधन गर्ने विश्वास

काठमाडौं (पहिचान) असार ९ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले अन्तरलिंगी समूदायको अधिकार कार्यान्वनका लागि अग्रसर हुन आग्रह गरेको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकार कार्यान्वयन गर्नका लागि युएन कमिटीले दिएको सुझाव अनुसार तत्काल काम थाल्न समूदायले आग्रह गरेको हो ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सहसचिव किरण रुपाखेतीलाई भेटेर बाल अधिकार महासन्धिको पालना गर्दै अन्तरलिंगी बालबालिकाको अधिकार सुरक्षित गर्न आग्रह गरेको नील हिरा समाजका उप निर्देशक परशुराम राईले जानकारी दिए ।
जेनेभामा केही दिन अघि सम्पन्न सम्मेलनले पहिलो पटक नेपाललाई अन्तरलिंगी बालबालिका माथि हुने यौनाङ्ग बन्ध्याकरण, परिवार, समाज र बिद्यालयमा हुने बिभेदको बारेमा सुझाव दिएको थियो ।
उक्त सुझाव कार्यान्वयनका लागि सहसचिव रुपाखेतीले अन्तरलिंगीका मुद्दा आफू लगायत मन्त्रालयका लागि नयाँ भएको भन्दै त्यसको लागि जनचेतना मूलक कार्यक्रमको आवश्यकता रहको बताए ।
उनले बालबालिकाको क्षेत्रमा काम गर्ने दर्जनौं संघ संस्था भए पनि ति संस्थाले अन्तरलिंगी बालबालिकाका क्षेत्रमा काम नगर्नु दुःखद भएको बताए ।
यसका लागि सबभन्दा पहिले व्यक्ति स्वयममा मनोवल उच्च हुनु पर्ने र परिवारले अपहेलना गर्न नहुनेमा उनको जोड थियो ।
उनले सबैको मानव अधिकार प्रत्याभूत गर्नेगरी विद्यमान कानुन संशोधन हुन लागेको भन्दै त्यसले अन्तरलिंगीका अधिकार पनि सुरक्षित गर्ने विश्वास व्यक्त गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.