संबिधानमा अधिकार लेखिनु महत्वपूर्ण : रुबेन

संबिधानमा अधिकार लेखिनु महत्वपूर्ण : रुबेन

ललितपुर (पहिचान) असार १० – युएनएड्सका कन्ट्री डाइरेक्टर रुवेन डेल प्राडोले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबिधानमा लेखिनु महत्वपूर्ण उपलब्धी भएको वताएका छन् । नेपाल भन्दा हजारौ किलोमिटर टाढा यौनिक तथा लैंगिक अल्पसंख्यक पहिचान पाउन संघर्ष गरिरहेका छन् उनले भने, नेपालमा संबिधानले नै किटान गरिदियो यो महत्वपूर्ण उपलव्धी हो ।

Rubenनर्वेजियन दूतावासको सहयोगमा नील हिरा समाजले आयोजना गरेको तीन दिने संस्थागत व्यवस्थापन विकास सम्वन्धि तालिममा उनले समलिंगी तेस्रोलिंगीबारे धर्मग्रन्थमा भएका कुरा मात्रै भन्नु पर्ने अबस्थाको अन्त्य भएको समेत वताए । अब संबिधानमा लेखिएको अधिकार कार्यान्वयन गराउन लाग्नु पर्ने सुझाव प्राडोको छ । समलिंगी तेस्रोलिंगीको अधिकार लेखाउन नील हिरा समाजले खेलेको भूमिकाको उनले प्रसंसा गरे । नील हिरा समाजको नाम बिश्वका धेरै देशमा फैलिएको छ, उनले भने, संबिधान अनुसार कानुन निर्माण भएर कार्यान्वयनमा आउनुपर्छ । उनले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।

तालिममा नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले सुनिलबाबु पन्त जस्तै अभियानकर्ताको सधै खाँचो महसुस हुने गरेको वताइन । समूदायका सदस्यमा क्षमता विकास हुँदै गएको छ अध्यक्ष गुरुङले भनिन्, समूदायका सदस्य पन्त जस्तै अभियानकर्ता बन्नु पर्नेछ । तालिममा समूदायका सदस्यले सामाजिक सुरक्षाको प्रत्याभूति कतैबाट हुन नसकेको वताए । संबिधानमा अधिकार लेखिएपनि सुरक्षाको प्रत्याभूति भने हुन नसकेको उनीहरुको भनाई छ ।Management 1

बंगलादेश र ओरलाण्डोको घटना पछि आफूहरुमा पनि सुरक्षा चुनौती थपिएको महसुस भएको समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले वताइन । संबिधानमा लेखिएको अधिकार कार्यान्वयन गराउन लविङ गर्नुपर्ने छदैछ ढकालले भनिन्, बंगलादेश पछि अमेरिकाको ओरलाण्डो घटनाले समूदायका सदस्यमा मनोबैज्ञानिक त्रास उत्पन्न भएको छ ।

तालिममा सहभागीहरुले अहिलेसम्म पूरै दातृ निकायको भर पर्नु परेको र फण्डिङ ग्याप समस्याको रुपमा रहने गरेको वताए । युएनएड्सकी पार्टनरसीप संयोजक मिचु मेयरले दातृ निकायबाट हुने सहयोग खुम्चिदै गएकाले स्थानीय सहयोग जुटाउने अभियानमा लाग्न सुझाव दिइन । समाजमा भएको श्रोत प्रयोग गरेर आर्थिक सहयोग जुटाउन तिर पनि लाग्नुपर्नेमा मिचुले जोड दिइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.