पिंक टिफानीलाई देशभर विस्तार गर्ने मेघनाको योजना

पिंक टिफानीलाई देशभर विस्तार गर्ने मेघनाको योजना

809
SHARES

काठमाडौं (पहिचान) असार १० – तेस्रोलिंगी एवं पूर्व मिस पिंक मेघना लामाले अबको बर्ष ठमेलमा पिंक टिफानीको शाखा खोल्ने वताएकी छन् । न्यूरोडमा एक बर्ष अगाडिदेखि संचालनमा आएको पिंक टिफानीमा ग्राहकको उत्साह देखेर मेघनाले ठमेलमा शाखा खोल्ने वताएकी हुन् ।

पहिचान अनलाइनसँग मेघनाले भनिन्, ठमेलमा खोल्ने शाखामा धेरै समलिंगी तेस्रोलिंगीलाई रोजगारी दिन सकौ भन्ने इच्छा छ । हिजो जस्तो लाग्छ, एक बर्ष पुगिसकेछ पिंक टिफानी स्थापनाको पहिलो बार्षिक उत्सवको शुभकामना लिदै गरेकी मेघनाले भनिन्, यौनिक तथा लैंगिक अल्पसंख्यकलाई दया होइन अवसरको खाँचो छ । तेस्रोलिंगीले खोलेको रेष्टुरेण्ट भनेर कोही नआउने पो हुन् कि ? लगानी ढुब्ने पो कि भन्ने लाग्थ्यो उनले भनिन्, तर त्यस्तो भएन पिंक टिफानीको अर्को शाखा त्यो पनि ठमेलमै खोल्ने उत्साह जगाइदियो ।Pink Tifani

उनले भविष्यमा पिंक टिफानीको शाखा देशभर विस्तार गर्ने इच्छा रहेको वताइन् । खुशी लाग्छ, समूदायसँगै विपरितलिंगी व्यक्तिहरु पनि आइहरनु भएको छ उनले भनिन् । उनले रोजगारीका लागि एनजिओ, आइएनजिओको मात्रै भर पर्नु पर्ने अबस्थाको अन्त्यका लागि सरकार गम्भिर हुनु पर्ने वताइन् ।

सरकारले केही गर्छु भन्नेका लागि ऋृण दिनु पर्छ, सहयोगी संस्थाले पनि ऋृण दिनु पर्छ उनले भनिन्, पक्कै म जस्तै समूदायका धेरै साथीहरुले उत्साहका साथ व्यवसाय गरेर जिविको पार्जन गर्न सक्छन् । त्यति मात्रै होइन समूदायका सदस्यलाई रोजगारी दिन समेत सकिन्छ उनले भनिन् । मेघनाले समूदायका सदस्यलाई लुकेर नबस्न र खुलेर आउन आग्रह गर्दै आफ्नो क्षमता अनुसारको व्यवसाय गर्न सुझाव समेत दिइन ।

समाचार शेयर गर्नुहोस्
809
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.