जेनेभा सम्मेलनको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता

जेनेभा सम्मेलनको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता

776
SHARES

काठमाडौं (पहिचान) असार १३ – महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले बालबालिकाको अधिकार सम्वन्धि अन्तराष्ट्रिय महासन्धीका बिषयमा जेनेभा सम्मेलनले दिएको सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । नील हिरा समाजका प्रतिनिधिसँगको छलफलमा मन्त्रालयका सचिव मधुसुधन रेग्मीले समलिंगी तेस्रालिंगीका अधिकार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाएका हुन् ।
अघिल्लो महिना सम्मेलनले नेपालमा समलिंगी तेस्रोलिंगी तथा अन्तरलिंगी बालबालिकाको अधिकार सुरक्षित गर्न दिएको सुझाव अनुसार सरकारले कार्यान्वयन गर्दै जाने रेग्मीको भनाई छ ।
अन्तरलिंगी तथा समलिंगी तेस्रोलिंगी बालबालिकाले स्वतन्त्र रुपमा अधिकार उपभोग गर्न पाउने वातावरण सिर्जना गर्दै जान सम्मेलनले दिएको सुझाव अनुसार लागु गर्दै जाने सचिव रेग्मीले बताएका नील हिरा समाजका उपकार्यकारी निर्देशक पर्शुराम राईले जानकारी दिए ।
भेटमा राईले समलिंगी, तेस्रोलिंगी तथा अन्तरलिंगी भन्ने थाहा पाउने वित्तिकै समाजका सबै पक्षले विभेद गर्ने गरेका कारण उनीहरु शिक्षा, स्वास्थ्य लगायतबाट बञ्चित हुने भन्दै यस्तो अवस्थाको तत्काल अन्त्य गर्नु पर्नेमा जोड दिदै सरोकारवाला निकायलाई विभेद अन्त्यका लागि परिपत्र गर्न आग्रह गरे ।
जवाफमा सचिव रेग्मीले सरकार सबैको अधिकार सुरक्षित गर्न तयार रहेको भन्दै कोही पनि राज्यका नजरमा आफन्त वा पराई नभएको बताए । उनले मन्त्रालयले सरोकारवाला पक्षसँग गरिने छलफल तथा अन्तरक्रियामा सहभागी गराउने आश्वासन दिए ।

समाचार शेयर गर्नुहोस्
776
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.