प्रभावकारी नेतृत्वकै कारण समलिंगी तेस्रोलिंगीको अधिकार स्थापित हुँदै

प्रभावकारी नेतृत्वकै कारण समलिंगी तेस्रोलिंगीको अधिकार स्थापित हुँदै

कास्की (पहिचान) असार २४ – समलिंगी तेस्रोलिंगीको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजले दुई दिने नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । नील हिरा समाजका कार्यरत कर्मचारीहरुको नेतृत्व विकासका लागि तालिम दिइएको हो ।
कास्कीको पोखरामा सम्पन्न दुई दिने तालिममा नील हिरा समाज केन्द्रिय कार्यालय काठमाडौंमा कार्यरत २६ जना कर्मचारी सहभागी थिए । बैशाली प्रधानले समन्वयकर्ताको काम गरेकी थिइन् । प्रधानले नेतृत्व क्षमता अभिवृद्धिका लागि आवश्यक पर्ने विभिन्न पक्षको बारेमा जानकारी दिएकी थिइन् ।
उनले संस्थालाई मजवुत बनाएर लैजान आवश्यक पक्षको चर्चा गर्दै संस्थामा आन्तरिक द्वन्द्व व्यवस्थापनका उपाय सुझाएकी थिइन् । हरेक संस्थामा द्वन्द्व हुने भन्दै उनले असल नेतृत्व क्षमता भएका व्यक्तिले त्यसलाई सहजै व्यवस्थापन गर्नसक्ने बताइन् ।
बिहीबार र शुक्रबार दुईदिनसम्म चलेको तालिमको पहिलो दिन नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले असल नेतृत्व क्षमता भएको नेतृत्व पाएकै कारण नील हिरा समाजले छोटो समयमै ठूलो सफलता हात पारेको बताइन् । Sunil Babu
गुरुङसहित अन्य सहभागीले नील हिरा समाजका संस्थापक तथा पूर्वसभासद सुनिलबाबु पन्तको प्रभावकारी नेतृत्व क्षमताको चर्चा गर्दै उनले पुर्याएको योगदान कै कारण समलिंगी तेस्रोलिंगीले अधिकार पाएको बताएका थिए ।
तालिमको समापन गर्दै नील हिरा समाजकी निर्देशक मनिषा ढकालले तालिम उपलब्धीमुलक रहेको बताइन् । ढकालले तालिममा सिकेका कुरा व्यवाहारमा उतार्नु पर्नेमा जोड दिइन् ।
हरेक संस्थालाई प्रभावकारी रुपमा काम गर्न र उद्देश्य प्राप्तिका लागि चुनौति हुने भन्दै उनले नील हिरा समाजका सबै कर्मचारीको आआफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाएका कारण उपलब्धी हांसिल भएको बताइन् । ढकालले आगामी दिनमा तालिमबाट सिकेका कुरालाई समेत मनन् गरेर अघि बढ्दा संस्थाको उद्धेश्य प्राप्तीका लागि झनै सजिलो हुने विश्वास व्यक्त गरिन् ।
यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजको पहलमा समलिंगी तेस्रोलिंगीले नागरिकता, राहदानी सहितका अधिकार प्राप्त गरिसकेका छन् भने पहिलोपटक संविधानले पनि अधिकार सुनिश्चत गरेको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.