‘बच्चा जन्माउन नसक्ने व्यक्ति नै तेस्रोलिंगी हुन् भन्ने बुझाइ छ’

‘बच्चा जन्माउन नसक्ने व्यक्ति नै तेस्रोलिंगी हुन् भन्ने बुझाइ छ’

राज चौधरी/धनगढी (पहिचान) असार २८ – सुदुरपश्चिम समाज धनगढीका क्षेत्रिय संयोजक राजु लामाले यौनिक तथा लैंगिक अल्पसंख्यक प्रति आम नागरिकमा अझै पनि नकारात्मक बुझाइ रहको बताएका छन् । सुदुरपशिचम समाज धनगढीले आयोजना गरेको कार्यक्रममा क्षेत्रिय संयोजक लामाले ग्रामीण इलाकामा अझै पनि समलिंगी, तेस्रोलिंगीबारे नकारात्मक बुझाइ रहेको बताएका हुन् ।
उनले यौनिक तथा लैंगिक अल्पसंख्यकको बारेमा सामान्य लेखपढ गर्ने महिलालाई पनि समलिंगी, तेस्रोलिंगि र अन्तरलिंगीका वारेमा जानकारी गराउदा निकै गह्रो भएको लामाले वताए । आम नागरिकमा तेस्रोलिंगि भनेको बच्चा जन्माउन नसक्ने भन्ने वुझाइ रहेको लामाले जानकारी दिए ।
उनले समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगी भएकै कारण समाज र घरपरिवारवाट बहिस्कार गरेको र सम्पत्तिबाट पनि वञ्चिट हुने समस्या रहेको बताए । घर परिवारले समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदै आएको भन्दै लामाले भेदभाव र घृणा गर्दा कतिपय समलिंगी तेस्रोलिंगीले आत्महत्या समेत गर्ने गरेको बताए ।
महिलाले समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यकको वारेमा गाउँका आमा समुह, युवा क्लव र भालमन्सारहरुलाई पनि समलिंगी तेस्रोलिंगीको बारेमा शिक्षा दिनुपर्ने लामाको भनाइ छ । गाउँ समाजमा वस्दै आएका समलिंगी, तेस्रोलिंगी र अन्तरलिंगीले पनि आफ्नो जीवन खुलेर जीउन सक्ने वातावरण बन्दै जानु पर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागी महिला सहभागीले समलिंगी, तेस्रोलिंगी तथा अन्तरलिंगीको अधिकार र समतामुलक समाज निर्माणका लागि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सहयोग गर्ने बताएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.