‘रोजगारको अभावमा तेस्रोलिंगी यौन पेशामा’

‘रोजगारको अभावमा तेस्रोलिंगी यौन पेशामा’

बिनोद बिसी/रुपन्देही (पहिचान) साउन २ – महिला प्रहरी निरीक्षक हिमाला थापाले तेस्रोलिंगीहरुले आफ्नो अधिकार आफै खोज्नु पर्ने बताएकी छिन् । समाजमा समलिंगी तेस्रोलिंगीहरु लुकेर बस्ने गरेको भन्दै उनले आफैले अधिकार खोज्नु पर्नेमा जोड दिइन ।
एचआईभी संक्रमित महिलाको अधिकार संरक्षणका लागि सशक्तिकरण तालिममा थापाले अधिकार मागेर भन्दा पनि खोसेर लिनु पर्ने धारणा राख्दै समाजमा महिला समेत दबेर बस्न नहुने बताइन् । Hiv 1
नील हिरा समाज भैरहवाकी कार्यक्रम संयोजक मनिला न्यौपानेले तेस्रोलिंगी महिला बेरोजगार भएकै कारण यौन पेसा अपनाउने गरेको बताइन् ।
“समाजको लान्छाना भेदभावकै कारणले यौन पेसा अपनाउँदा एचआईभी एड्सको बढी जोखिममा परि दोहोरो मारमा तेस्रोलिंगी महिला छन्, ” उनले भनिन्, “यो अवस्थाको अन्त्य गर्नका लागि तेस्रोलिंगीका लागि पनि रोजगारीको ब्यबस्था हुनुपर्छ ।”
रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा सेभ द चिल्ड्रेनको सहयोगमा भएको तालिममा स्वास्थ्य प्रदायक क्षेत्रमा एचआईभी संक्रमित महिला, तेस्रोलिंगी महिलाको अधिकार हनन् भएको खण्डमा कसरी प्रतिकार गर्ने, महिलालाई सशक्तिकरण गराउनुको साथै सकारात्मक संरक्षण सम्बन्धि जानकारी गराइएको थियो ।
तालिममा राट्रिय मानब अधिकार आयोग क्षेत्रिय कार्यालय बुटवलका अधिकृत चन्द्रकान्त चापगाईंले मानव अधिकारको बिषयमा जानकारी दिएकी थिइन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको छाता संगठनको नेटवर्कद्वारा आयोजित तीन दिने तालिममा एचआईभी संक्रमित, लागूपदार्थ दुव्र्यसनी, यौनकर्मी महिला, तेस्रोलिंगी महिलाको सहभागीता थियो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.