समलिंगी तेस्रोलिंगीबारे सर्वपक्षीय छलफल, यौनिक अल्पसंख्यकलाई समान व्यवहार गर्ने स्थानीय अधिकारीको प्रतिबद्धता

समलिंगी तेस्रोलिंगीबारे सर्वपक्षीय छलफल, यौनिक अल्पसंख्यकलाई समान व्यवहार गर्ने स्थानीय अधिकारीको प्रतिबद्धता

654
SHARES

देबानन्द चौधरी/सप्तरी (पहिचान) साउन ९ -समलिंगी तेस्रोलिंगीलाई अन्य नागरकि सरह समान व्यवहार गर्ने सप्तरिका स्थानीय अधिकारीहरुले बताएका छन् । सहयोगी समाज राजबिराजको आयोजना र दिवा परियोजनाको आर्थिक सहयोगमा शम्भुनाथ नगरपालिकामा भएको अन्तरक्रियामा नगरपालिकाका कार्याकारी अधिकृतसहतिका अधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
Chanchala copyकार्यक्रममा शम्भुनाथ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रधुम्नप्रसाद पोखरेलले समलिंगी तेस्रोलिंगीहरु यही समाजका अंग भएको भन्दै उनीहरुलाई समान व्यवहार आवस्यक हुने बताए । ‘वास्तवमा भन्ने हो भने उहाँहरु हाम्रै समाजका अंग हुनुहुन्छ र सबैलाई जस्तै उहाँहरुलाई पनि समान व्यवहारको खाँचो छ’ अधिकृत पोखरेलले भने, ‘उहाँहरुलाई पनि समान हैसियतमा ल्याउन यो नगरपालिका भित्र समुदायका व्यक्तिहरुका लागि छुट्टै समुह गठन गर्ने भन्ने सल्लाह दिन्छु ।’ उनले ‘नगरपालिका भित्र हुने कुनै पनि शिप विकासका तथा अन्य तालिमसम्बन्धी कार्यक्रम भएमा समान सहभागिता गराउने प्रतिबद्धता जनाए ।
अन्तरक्रियामा नगर प्रतिनिधि नारायण चौधरी, बिरेन्द्रकुमार चौधरी, उमेशप्रसाद चौधरी, हेम नारायण दास, सुरेन्द्रप्रसाद गुप्ता, आशा कुमारी साह, अमेरिका कुमारी चौधरी, सत्य नारायण चौधरी र घनश्याम रायले आफनो तर्फबाट राखेको मन्तव्यमा समुदायको बिकासको लागि सबैले जोड दिनुपर्ने बताए । त्यस्तै नेपालको यो समुदायको बर्तमान अवस्था, समस्या, चुनौति र समलिगी तेस्रोलिगी सम्बन्धी समान्य जानकारी लिड नेपालका चन्चला सुब्बाले प्रस्तुतिकरण गरेकी थिइन् ।

समाचार शेयर गर्नुहोस्
654
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.