निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

ललितपुरमा तेस्रोलिंगी हुनुहुन्छ ? उपमहानगरको क्षमता अभिबृद्धि तालिममा सहभागि हुनुस्

ललितपुरमा तेस्रोलिंगी हुनुहुन्छ ? उपमहानगरको क्षमता अभिबृद्धि तालिममा सहभागि हुनुस्

749
SHARES

अम्बिका दाहाल/ललितपुर (पहिचान) साउन १० – ललितपुर उप महानगरपालिका सामुदायिक विकास शाखाले संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन गरेको समलिंगी तेस्रोलिंगी समुदायलाई पनि क्षमता अभिबृद्धि तालिममा सहभागि गराउने भएको छ । सामुदायिक विकास शाखाकी बाल कार्यक्रम संयोजक सरिता महर्जनले यौनिक तथा लैंगिक अल्पसंखयक समुदायबाट पनि सहभागिताको माग भएमा क्षमता अभिवृद्धि तालिममा सहभगि गराउने जानकारी दिइन् ।
Sarita maharjan‘समलिंगी तेस्रोलिंगी अन्तरलिंगी दुईलिंगी जो कोही पनि पहिचान खुलाएर शाखामा आएमा शाखाबाट प्रदान गरिने बिभिन्न क्षमता अभिवृद्धिका तालिमहरु प्रदान गर्न सकिन्छ’ बाल कार्यक्रम संयोजक महर्जनले पहिचान रेडियो कार्यक्रममा भनिन्, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अगाडि ल्याउन महिला र पुरुष सरह शाखाले प्रदान गर्ने क्षमता अभिवृद्धि तालिममा सहभागि गराइन्छ ।’ उनले समुदायबाट अहिलेसम्म सम्पर्क गरेर तालिमको माग हुनु पर्नेमा शाखाको सम्पर्कमै नआएको बताइन् ।
उनले सामुदायिक विकास शाखाले नगर भित्र रहेका महिला बालबालिका युवा एकल महिला जेष्ठ नागरिकलगायतका लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिइन् । ‘अब त्यसमा फरक पहिचान भएका समुदायको पनि प्रतिनिधित्व गराइने छ’ उनले भनिन् ।

लक्षित वर्गहरुको क्षमता अभिवृद्धि सिपमुलक तालिम रोजगारीका लागि आत्म निर्भर र जनचेतना मुलक कार्यक्रम संचालन गर्दै आएको छ । ‘शाखाले आगामि बर्षदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहभागिता गराउनका लागि प्रक्रिया अघि बढाउने छ’ बाल संयोजक महर्जनले भनिन् ।

उनका अनुसार शाखामा वडा भित्रकाहरुलाई सामुदायिक परिचालक वा फोन सम्पर्ककाबाट सहभागि गराइ नियमित रुपमा बैठक संचालन गरि समय समयमा तालिम भइरहने गरेका छन् ।

समाचार शेयर गर्नुहोस्
749
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.