हिंसा नसहन तेस्रोलिंगीलाई लामाको सुझाव

हिंसा नसहन तेस्रोलिंगीलाई लामाको सुझाव

विनोद विसी/भैरहवा (पहिचान) साउन १० – तेस्रोलिंगी अधिकारकर्मी सुशीला लामाले तेस्रोलिंगी माथि अझै पनि हिंसा हुने गरेको बताएकी छन् । भैरहवामा आयोजित एक दिने अभिलेखिकरण तालिममा लामाले हिंसा सहेर नबस्न समलिंगी तेस्रोलिंगीलाई आग्रह गरिन् ।
“अझै पनि समलिंगी तेस्रोलिंगी माथि हिंसात्मक घटना भइरहेका छन् यस्ता घटना सहेर बस्नु हुँदैन,” अधिकारकर्मी लामाले भनिन्,“हिंसात्मक घटना भएको छ भने प्रहरी तथा मानवअधिकारकर्मी र नील हिरा समाजमा खबर गर्नुहोस् ।”
लामाले समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष सरह समान रहेको भन्दै आफ्नो मानवअधिकार स्वतन्त्र भएर उपभोग गर्न यौनिक तथा लैंगिक अल्पसंख्यकलाई आग्रह गरिन् ।
Samanaसमलिंगी तेस्रोलिंगीहरु आफू माथि भएका मानव अधिकार हनन्का घटना बिरुद्ध नबोल्ने गरेको भन्दै अधिकारका लागि आवाज उठाउन र यस्ता घटनाको् तथ्याङक लिन समलिंगी तेस्रोलिंगीलाई उनले सुझाव दिइन् ।
मौन बसेसम्म अधिकार प्राप्त गर्न नसकिने भन्दै अधिकारकर्मी लामाले खुलेर आउन समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आग्रह गरिन् । हिनताबोधको भावना विकास भएसम्म खुलेर आउन नसकिने भन्दै समलिंगी तेस्रोलिंगी भएकोमा आफूलाई गर्भ गर्न पनि उनले सुझाव समेत दिइन ।
लामाले संचलान गरेको एक दिने अभिलेखिकरण तालिममा कास्की, स्याङजा, कपिलबस्तु, रुपन्देही, नवलपरासीका १२ जना समलिंगी तथा तेस्रोलिंगी सहभागी थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.