‘अन्तरलिंगी भएकै कारण वसाईं सर्नुपर्यो’

‘अन्तरलिंगी भएकै कारण वसाईं सर्नुपर्यो’

राज चौधरी/कैलाली (पहिचान) साउन १२ – अन्तरलिंगी वसन्ती कठायतले आफू अन्तरलिंगी भएकै कारणले समाज र परिवारबाट दुरव्यहार भोग्न बाध्य भएको बताएकी छन् । नील हिरा समाज क्षेत्रिय कार्यालय धनगढीमा सुदुरपश्चिम समाजले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो फरक पहिचानकै कारण आफू विभेदको शिकार भएको र आफ्नो पहिचान अनुसार खुल्न नसकेको बताइन् ।
Basantiआठ वर्षको उमेरदेखि आफू अरुभन्दा फरक महसूस गर्न थाले पनि दुई वर्षअघि रेडियो कार्यक्रम पहिचान सुनेर आफ्नो पहिचानबारे स्पष्ट भएको वसन्तीले बताइन् । समय संगै आफ्नो शरीर र बोलिमा आएको परिवर्तनका कारण आफ्नो परिवार समाजको तिरस्कार सहन नसकेर बसाई सरेको उनले बताइन् । उनले अहिले बसाई सरेर आएको ठाउँमा पनि विभेद भइरहेको गुनासो गरिन् ।
उनले स्कुल तथा स्वास्थ्य संस्थाहरुमा पनि अन्तरलिंगीहरुलाई विभेद हुने गरेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनु पर्नेमा जोड दिइन् ।
वसन्तीले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा यौनिक तथा लैंंगिक अल्पसंख्यक समुदायको लागि छुट्टै शौचालायको व्यवस्था हुनु पर्ने भन्दै यो समूदायको अधिकारका लागि पत्रकारले आवाज उठाउनु पर्ने बताइन् ।
कार्यक्रममा सीता बरालले आफ्नो बहिनी तेस्रोलिंगी भएको जानकारी दिदै समाज र परिवारको घृणीत व्यवहारले घरबाट विस्थापित हुनु पर्ने अवस्था नआओस भन्ने कामना गरिन् । संविधानमा पनि समलिंगी तेस्रोलिंगीको हकअधिकार उल्लेख भएको भन्दै उनले संविधानमा उल्लेख भएको अधिकार उपभोग गर्ने वातावरण बन्नु पर्नेमा जोड दिइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.