सन २०१५/०१६को मानव अधिकार प्रतिवेदन, तेस्रोलिंगी माथिको विभेदमा राज्य पक्ष नै अगाडी

सन २०१५/०१६को मानव अधिकार प्रतिवेदन, तेस्रोलिंगी माथिको विभेदमा राज्य पक्ष नै अगाडी

12k
SHARES

काठमाडौं (पहिचान) साउन १३ – नील हिरा समाजले सन २०१५/०१६को मानव अधिकार उलंघनका घटनाको रिपोर्ट तयार गरेको छ । रिपोर्टमा राज्य पक्ष र गैर राज्य पक्षबाट समलिंगी तेस्रोलिंगीहरुमाथि भएका दुरव्यवहार र हिंसाका घट्नाको विवरण प्रस्तुत गरिएको छ ।
समलिंगी तेस्रोलिंगी द्विलिंगी र अन्तरलिंगीका अधिकारका क्षेत्रमा काम गरिरहेको नील हिरा समाजले सन २००१ देखि नै यौनिक तथा लैंगिक अल्पसंख्यकले घर परिवार देखि समाज र राज्यपक्षबाट हुने विभेद यातना र दुव्र्यवहारका विरुद्ध काम गर्दै आएको छ । वार्षिक रुपमा मानव अधिकार प्रतिवेदन नै तयार पारेर राज्यका निकाय देखि मानव अधिकारका क्षेत्रमा काम गर्ने अन्तराष्ट्रिय निकाय सम्मलाई प्रतिवेदन बुझाउँदै आएको समाजले यस वर्ष पनि देशभरका यौंनिक तथा लैंगिक अल्पसख्यक समुदायमाथि भएको दुरव्र्यवहार र हिंसाको प्रतिवेदन तयार पारेको हो । सन २०१५ जुलाई देखि सन २०१६ जुनसम्मको अवधिको रिपोर्टमा राज्यपक्ष र गैर राज्य पक्षबाट गरी ३८ वटा घट्ना समलिंगी तेस्रोलिंगी माथि घटेका छन् ।
समाजले तयार पारेको प्रतिवेदनमा चारवटा क्याटागोरीमा विभेद र दुव्र्यवहारका घटनाको अध्ययन गरेको छ । तेस्रोलिंगी महिला, तेस्रोलिंगी पुरुष, समलिंगी महिला र समलिंगी पुरुषको अवस्थाका विषयमा समाजले अध्ययन गरेको हो । समाजले गरेको अध्ययनमा सबैभन्दा धेरै विभेद दुव्यवहारमा तेस्रोलिंगी महिला परेका छन् । त्यसमध्ये तेस्रोलिंगी महिलामाथि भएका विभेदका घट्नाहरु राज्य पक्षबाट १६ वटा छन् भने गैर राज्य पक्षबाट पनि त्यति नै घट्ना घटेका छन् । तेस्रोलिंगी महिला माथि राज्य पक्षबाट भएका १७ मध्ये ९ वना दुरव्र्यवहारका घट्ना भएका छन् भने दुईवटा कुटपिटका घट्ना छन् ।
दुबै पक्षबाट दुरव्र्यवहारका १७ घट्ना, कुटपिट ६, विभेद १, मानसिक यातना २ हत्या १, बलात्कार २ वटा छन् । त्यस मध्ये राज्य पक्षबाट तेस्रोलिंगी महिलामाथिका मात्र हिंसाका घट्ना छन् भने गैर राज्य पक्षबाट भने तेस्रोलिंगी पुरुष विरुद्धका पाँच र समलिंगी महिला र समलिंगी पुरुषमाथिका एक एक घटना छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.