भरोसा समाजको अध्यक्षमा न्यौपाने

भरोसा समाजको अध्यक्षमा न्यौपाने

बिनोद बि.सी./रुपन्देही (पहिचान) साउन १४ – नील हिरा समाज शाखा कार्यालय बुटवल भरोसा समाजको अध्यक्षमा मनिला न्यौपाने निर्वाचित भएकी छन् । समाजको चौथो साधारण सभाले न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा तेस्रोलिंगी डान्सर अवन्तिका घर्ति, बिनोद बि.सी सचिव र तेस्रोलिंगी महिला जेबिका गैरे कोषाध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् । यस्तै सदस्यमा तेस्रोलिंगी डान्सर बिनिता शाही, उदय थापा, नगेन्द्र थारु, तेस्रोलिंगी महिला कुसुम गुरुङ्ग र रिना राना निर्वाचित भएका छन् ।Manila 1

सभामा भरोसा समाज बुटवलका पूर्व अध्यक्ष्य दया सागर थापाले नयाँ कार्यसमितिलाई व्यक्तिगत स्वार्थको लागि नभएर समलिंगी तेस्रोलिंगीको हक हितका लागि प्रतिबद्ध भएर काम गर्न सुझाव दिए । थापाले स्थानीय तहमा रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी संघ सस्था तथा सरोकारवाला पक्षसँग मिलेर कम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष्य मनिला न्यौपानेले आफू सम्पूर्ण समलिंगी तेस्रोलिंगीको साथमा रहेको भन्दै थप अधिकार प्राप्तिको लडाईका लागि सम्पूर्ण समलिंगी तेस्रोलिंगीको साथ रहने विश्वास व्यक्त गरिन् ।

न्यौपानेले आफू जुनै पनि अबस्थामा समलिंगी तेस्रोलिंगीको अधिकारका लागि आवाज उठाउनेमा प्रतिबद्ध रहेको बताइन् । कार्यक्रममा तेस्रोलिंगी आनिक रानाले अध्यक्ष न्यौपानेलाई र अन्य सदस्यहरुलाई अध्यक्ष न्यौपानेले सफत खुवाएकी थिइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.