अल्पसंख्यकलाई बजेट छुट्याउने प्रतिबद्धता

अल्पसंख्यकलाई बजेट छुट्याउने प्रतिबद्धता

महोत्तरी (पहिचान) साउन १४ – जिल्ला विकास समिति महोत्तरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय समलिंगी तेस्रोलिंगीका लागि ५ लाख सम्म बजेट छुट्टयाउने बताएको छ । अल्पसंख्यक समुदायको क्षमता अभिवृद्धि तालिम संचालनका लागि उक्त बजेट बिनियोजन गर्ने जिल्ला विकास समितिले प्रतिबद्धता जनाएको नील हिरा समाज शाखा कार्यलय महोत्तरीमा कार्यरत तारा यादवले बताए ।
Tara Yadav“सिप नभएका यो समुदायका सदस्यलाई तालिम प्रदान गरेर केही गर्न सक्ने बनाउने योजना छ । धेरै पछि यसरी यो समुदायलाई बजेट छुट्टयाउन लागेको हो ।” यादवले भने । मानवअधिकारकर्मीको रुपमा काम गर्दै आएका यादव सुरुमा काम गर्दा निकै गाह्रो भएको अनुभव सुनाउँछन् । “तराइमा यो समुदायलाई मेटी भनेर चिनिन्छ । जे गर्दा पनि हिजडा छक्काको उपाधि पाइहालिन्छ ।’ उनले भने ।
तेस्रोलिंगी फुलकुमारी यादव देख्दा मर्द जस्तो देखिन्छन् । तर, उनमा छोरीको स्वाभाव छ । अफिसमा सबैले भाई भनेर बोलाउने फुलकुमारीलाई सुरुमा फरक पहिचान भएकै कारण परिवारले विभेद गरे पनि अहिले स्वीकारेको छ ।
फुलकुमारी पाटनरसंगै बस्दै आएकी छिन् । पाटनरको परिवारले सहज रुपमा नस्वीकारेका कारण मेला कार्यक्रमको भेट पश्चात आआफनै घरतर्फ जानु पर्ने उनको गुनासो छ । उनले भने, अहिले काम गरिन्छ दुःख लाग्दैन । पहिला निकै विभेद थियो ।
तेस्रोलिंगी विनोदको पनि उस्तै कथा छ । महोत्तरीमा आउटिजका रुपमा काम गर्दै आएका उनी फिल्डमा गएर काम गर्दा कण्डम दिने मान्छे आयो भन्छन् । उनले भने,– पहिला मानिसहरुको बुझाइमा कमी थियो । तर, अहिले त्यस्तो छैन । सुरुमा परिवारले स्वीकार नगरे पनि अहिले राम्रैसँग परिवारको साथ रहेको छ ।
कार्यक्रम पहिचानसँगको कुराकानीमा उनीहरुले लुकेर रहेका समलिंगी तेस्रोलिंगीहरुलाई अधिकारका लागि खुलेर आउन आग्रह गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.