घरबाट निकालिएकी लालुमायाको तेस्रोलिंगीले गरे उद्धार र उपचार

घरबाट निकालिएकी लालुमायाको तेस्रोलिंगीले गरे उद्धार र उपचार

बिनोद बि.सी./रुपन्देही (पहिचान) साउन १९ – तेस्रोलिंगी भएकै कारण घरबाट निकालिएकी नवलपरासी त्रिवेणीकी लालुमाया कुमाललाई अर्को समस्या आइलाग्यो आँखामा मोतियाविन्दु । घरबाट निकालिएपछि काम गरेर जीवन निर्वाह गरिरहेकी उनी त्यतिवेला साच्चिकै साहारा विहिन बनिन् जव उनको आँखामा मोतियाविन्दु भएर उनी दृष्टिविहिन बनिन् ।

नवलपरासी जिल्लाको त्रिवेणीमा स्थायी घर भएकी लालुमायाँ कुमाल दुवै आखाँमा मोतिविन्दुको समस्या देखिएपछि कामबाट समेत निकालिइन् । कमाइ गरेर खाने बस्ने व्यवस्था मिलाउँदै आएका उनी काम गएसँगै सडकमा पुगिन र उनको दैनिकि बन्यो भिख माग्नु । मागेरै आफ्नो जिविका चलाईरहेकी कुमाललाई सडकमा पुग्नुको मात्र समस्या भएन विभिन्न लान्छाना, विभेद र ठगीका आरोपको सामना समेत उनले गर्नुपर्यो ।Manila

समस्याग्रस्त उनको जीवनको मोड त्यतिवेला परिवर्तन भयो जतिवेला कुमाललाई भरोसा समाज बुटवलका पूर्वअध्यक्ष दया सागर थापाले भेटे । आफन्तको घरमा गएको बेला भिख मागेकै अवस्थामा भेटेका उनले ‘एउटा असाय अनि घर विहिन तेस्रोलिंगीलाई उपचार गरिदिनु भन्दै’ नील हिरा समाज भैरहवामा आग्रह गरेका थिए । थापाले आफूले त्यो काम गरेर एउटा मानव भएर मानव हुनुको कर्तव्य निर्भाह गरेको बताएका छन् ।

नील हिरा समाज भैरहवामा पुगेपछि उनलाई त्यहा कार्यरत कर्मचारीहरुले गक्ष अनुसारको आर्थिक सहयोग गरेर मोतियाविन्दुको शल्यक्रिया गराए । उनको एउटा आँखाको सल्यक्रिया सफल भएको छ ।

नील हिरा समाजका कर्मचारी आफैमा आर्थिक स्थिती निम्न भएको हुँदा कुमालको अर्को आँखाको शल्यक्रियको लागि समाजले रण अम्विका शाह आखाँ अस्पतालको प्रसाशन समक्ष नि—शुल्क शल्यक्रियको पहल गरेको छ । समाजकी कार्यक्रम संयोजक मनिला न्यौपानेका अनुसार अस्पतालले पनि कुमालको अर्को आँखाको शल्यक्रिय आखाँ शिविरमा नि—शुल्क गरिदिने प्रतिबद्धता जनाएको छ । अब कुमालले दुबै आँखाबाट दृष्टि प्राप्त गर्ने छिन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय अर्थात समलिंगी तेस्रोलिंगी समुदायको स्वास्थ्य र मानब अधिकारको विषयमा काम गरिरहेको नील हिरा समाजले विगतका केहि वर्ष यता सामाजिक कार्यमा पनि हात बढाएको छ । यस भन्दा अघिल्लो वर्ष पनि रुपन्देहीका १३ जना तेस्रोलिंगीहरुले रक्तदान गरेको नील हिरा समाज भैरहवाकी कार्यक्रम संयोजक न्यौपानेले जानकारी दिइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.