तेस्रोलिंगी साहित्य सिर्जनाको विषय हुनसक्छ : राजेन्द्र थापा

तेस्रोलिंगी साहित्य सिर्जनाको विषय हुनसक्छ : राजेन्द्र थापा

770
SHARES

काठमाडौं (पहिचान) साउन २० – साहित्यकार राजेन्द्र थापाले समलिंगी तेस्रोलिंगीका विषयमा आफूले पनि केही सिर्जना गर्न सक्ने बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले भने, “सकुनी लेखिसकेपछि म के नयाँ विषयमा लेख्ने भनेर सोचिरहेको थिएँ, तपार्इंले प्रश्न गर्नु भयो मलाई यो विषय नयाँ र राम्रो हुन्छ जस्तो लाग्यो ।”
“अहिलेसम्म समलिंगी तेस्रोलिंगीको विषयमा साहित्य सिर्जना नहुनुको कारण समाजले प्रश्न उठाउँछ भनेर नै हो,” थापाले अगाडी भने, “मैले महिला माथि हुने गरेको यौन हिंसाका बारेमा खेलौना लेख्दा कतिले प्रश्न गरे त्यसैले यो समूदायका बारेका कसैले पनि लेख्ने आँट नगरेको हो ।”
पौराणीक कालखण्ड देखि नै अस्तित्वमा रहेको समलिंगी तेस्रोलिंगीलाई अहिले अस्वीकार गरिनु दुर्भाग्य भएको उनको भनाइ छ । “महाभारतको शिखण्डी पात्र तेस्रोलिंगी हो, यसले पनि पुष्टि गर्छ त्यो बेला देखि नै तेस्रोलिंगी थिए । तर, अहिले किन यसलाई हेयको दृष्टिकोणले हेरिन्छ ? प्रतिप्रश्न गर्दै उनी आफै भन्छन्, समाजको भयले ।”
यौनिक तथा लैंगिक अल्पसंख्यकको बारे खुलेर कुरा गर्दै उनी भन्छन्, “तेस्रोलिंगीलाई माइनस गरेर समाज चल्छ ? उनीहरुका बारे लेखिनु पर्दैन ? महाभारतमा शिखण्डीलाई माध्यम बनाइएको छ । उनीहरुका बारेमा अहिले लेखिनु पर्दैन ? किन लेखिदैन ? किनकी भयानक बिरोध हुन्छ ।”
“समाजमा भएको कुरालाई लुकाउन खोज्छ । त्यही भएर यहाँ तेस्रोलिंगीका बारेमा केही लेखिदैन,” थापा अगाडी भन्छन्, “मैले तेस्रोलिंगी सौन्दर्य प्रतियोगीतामा महाभारतको शिखण्डी पात्रसँग जोडेर प्रश्न सोधेको थिँए । त्यही कुरालाई लिएर कतिले बिरोध गरे ।”
महिला पुरुष सरह सबै समान रहेको भन्दै साहित्यकार थापाले समाजका सबै विषयमा कलम चल्नु पर्नेमा जोड दिए ।

समाचार शेयर गर्नुहोस्
770
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.