निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

हामी सत्यलाई स्वीकार्न सक्तैनौं : नायिका केसी

हामी सत्यलाई स्वीकार्न सक्तैनौं : नायिका केसी

760
SHARES

काठमाडौं (पहिचान) साउन २१ – नव नायिका सुर्जनी केसीले समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष सरह नै भएको बताएकी छन् । रेडियो कार्यक्रम पहिचानसँगको कुराकानीमा उनले भनिन्, “उनीहरु पनि मानव हुन् । हामी जस्तै हुनुहुन्छ, त्यसैले उनीहरुले पनि अधिकार पाउनुपर्छ ।”
अझै पनि समलिंगी तेस्रोलिंगीलाई विभेद रहेको भन्दै उनले भनिन्, “विभेद अझै पनि छ, तर अहिले कम हुँदै गएको छ । मेरा साथीहरु पनि छन्, उनीहरुलाई पनि केही विभेद हुन्छ, तर, पनि कम भने भएको छ ।”
समलिंगी तेस्रोलिंगीलाई हेर्ने समाजका आँखाहरु अझै परिवर्तन हुन नसकेको भन्दै नायिका केसीले भनिन्,“हामी सत्यलाई स्वीकार्न सक्तैनौं । सत्यसँग ‘युज टु’ हुन सकिरहेका छैनौं ।”
पुरानै संस्कार, प्रवृत्तिलाई अबलम्बन गर्दै जाने तर परिवर्तनका लागि आवश्यक डेभ्लप्मेन्टमा आफूलाई हिडाउन नसकेका कारण यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको उनको भनाइ छ ।
“समाज परिवर्तनका लागि हामीले गर्न सक्ने भनेको व्यक्तिगत सहयोग हो,” उनले भनिन्,“मेरो सर्कलमा कोही साथी छ भने उनीहरुलाई इन्करेज गर्ने र अगाडी बढ्न सहयोग गर्ने हो । त्यसका लागि म तयार छु र गरि पनि रहेको छु ।”
चलचित्रमा सकारात्मक रुपमा प्रस्तुत गरिनु पर्नेमा जोड दिदै उनले अझै पनि सिनेमाहरुमा नकारात्मक रुपमा चित्रित गरिएको छ भने त्यसलाई सकारात्मक रुपमा चित्रित गर्नु पर्ने वताइन ।
‘सुन्तलिलाई भगाई लग्यो झिल्केले’ की नायिका केसीले आफ्नो चलचित्र राम्रो बनेको भन्दै सबैलाई हलसम्म पुगेर हेरिदिन आग्रह गरिन् । “नेपालको केही पुरानो जार प्रथामा आधारित टिपिकल मुभि छ,” केसीले भनिन्,“नयाँ विषय कमेडी रुपमा प्रस्तुत गरिएको छ, हेरिदन आग्रह गर्छु ।”

समाचार शेयर गर्नुहोस्
760
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.