सरकारी संस्थाले नै सहयोग नगरको गुनासो

सरकारी संस्थाले नै सहयोग नगरको गुनासो

विपना पनेरु/स्याङ्जा (पहिचान) साउन २५ – नील हिरा समाज शाखा कार्यालय स्याङ्जाले स्थानीय सरकारी तथा गैरसरकारी संस्थाहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि सहयोग नगरेको गुनासो गरको छ ।
Bipanaसंस्था दर्ता नभएको कारण देखाउँदै स्थानीय सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग नगरेको नील हिरा समाज स्याङजाका सामाजिक परिचालक गगाँराम रेग्मीले वताए । “संस्थालाई अघाडि वढाउन पहिला संस्था दर्ता गर्न पाए हामी नगरपालिका तथा जिल्ला विकास समिति लगायत विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग जुटाउन पहल गर्ने थियौं । पहिचान अनलाइनसँग कुरा गर्दै उनले भने, जसले समलिंगी तथा तेस्रोलिंगीको अधिकारका लागि काम गर्न सहज हुने थियो ।”
उनले स्याङ्जामा समलिंगी तेस्रोलिंगी रहेपनि अधिकांश नखुलेको जानकारी दिए । समाजमा समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेकाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय नखुलेको रेग्मीले बताए ।
जनचेतनामुलक कार्यक्रम गर्न सके समलिंगी तथा तेस्रोलिंगी माथि हुँदै आएको पारिवारिक तथा राज्यबाट हुँदै आएको हिंसा अन्त्य हुने उनको विश्वास छ । सरकारी तथा गैरसरकारी निकायले उपलब्ध गराउने सीपमूलक कार्यक्रम तथा तालिममा समलिंगी तेस्रोलिंगीलाई पनि समावेश गराउन उनले आग्रह गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.