यौनिक तथा लैंगिक अल्पसंख्यकबारे जानकारी दिने रोहितको इच्छा

यौनिक तथा लैंगिक अल्पसंख्यकबारे जानकारी दिने रोहितको इच्छा

डोटी (पहिचान) साउन २६ – रेडियो कार्यक्रम पहिचान सुनेर डोटीमा एक तेस्रोलिंगी खुलेर आएका छन् । सुक्लाफाँटा एफएम बाट हरेक दिन प्रशारण हुँदै आएको कार्यक्रम पहिचान सुनेर तेस्रोलिंगी रोहित आफ्नो पहिचान खुलाएर आएका हुन् ।
रेडियो कार्यक्रम पहिचान सुनेर रोहित नील हिरा समाजको शाखा कार्यालय धनगडी पुगेका थिए । “रेडियो कार्यक्रम पहिचान म दैनिक सुन्थे,” उनले भने, “यो कार्यक्रम सुनेर मलाई पनि म तेस्रोलिंगी हुँ भन्ने लाग्यो र नील हिरा समाज पुगेर बुझ्दा म पनि यही समुदायको ब्यक्ति तेस्रोलिंगी रहेछु ।”
रोहितले अझै पनि दुर्गम ठाउँहरुमा समलिंगी तेस्रोलिंगीलाई विभेद हुने गरेको बताए । “हामी जस्तालाई समाजमा साथीहरुले हिजडा, छक्का भन्छन् । यस्तो सुन्दा नरमाइलो लाग्छ ।” रोहित अगाडि भन्छन्, “कलेजमा म साथीहरुलाई आफ्नो कुरा पनि सेयर गर्न सक्दिन थिएँ । सामाजिक कामहरुमा पनि सहभागी हँुदैन थिँए ।”
समलिंगी तेस्रोलिंगीलाई अझै पनि यौन हिंसा हुने गरेको भन्दै उनको भनाइ छ । नील हिरा समाजमा आएपछि आफूले समलिंगी तेस्रोलिंगीबारे जानकारी पाएको भन्दै उनले अब अरुलाई पनि यौनिक तथा लैंगिक अल्पसंख्यकबारे जानकारी दिने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.