मकवानपुरका दुई जना यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिमा एचआइभी संक्रमण

मकवानपुरका दुई जना यौनिक तथा लैंगिक अल्पसंख्यक व्यक्तिमा एचआइभी संक्रमण

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) साउन २६ – मकवानपुरमा दुई जना यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यलाई एचआइभी संक्रमण भएको छ । नील हिरा समाजको शाखा कार्यालय मकवानपुरले एक बर्षमा १ हजार १ सय २३ जनामा रक्त परिक्षण गर्दा दुई जना समूदायका सदस्यमा एचआइभी संक्रमण देखिएको जानकारी दिएको हो ।

सेभ द चिल्ड्रेनको सहयोगमा शाखा कार्यालय मकवानपुरले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका १ हजार ९६ जना र अन्य समूदायका २७ जनाको रक्त परिक्षण गरेको समाजको शाखा कार्यालय मकवानपुरमा कार्यारत ल्याव असिष्टेण्ट महासागर प्रसाद राउतले जानकारी दिए । एचआइभी सक्रमण भएका दुई जनालाई नियमित सम्पर्क गरेर सहयोग गरेको राउतले जानकारी दिए ।

यो समुदायका व्यक्तिहरु बढि जोखिममा पर्ने हुदाँ घरदैलो सेवालाई प्रभावकारी ढंगले अगाडि बढाएको संस्थाका संयोजक सुरज थापाले वताए । जो जोखिमपुर्ण यौन व्यवहार गरिरहेका हुन्छन्, उनीहरु एचआईभी टेष्ट गराउनै डराउछन् थापाले भने, जसका कारण जोखिम अझ बढ्दो छ । हजार जनामा दुई जना सक्रमित भेटिनु ३ करोड जनसंख्यामा ६० हजार व्यक्ति संक्रमित हुनु हो थापाले भने ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.