निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगी मनिलाले लिइन् पहिचान अनुसारको राहदानी

तेस्रोलिंगी मनिलाले लिइन् पहिचान अनुसारको राहदानी

684
SHARES

दाङ (पहिचान) साउन २७ – तेस्रोलिंगी अधिकारकर्मी मनिला न्यौपानेले आफ्नो पहिचान अनुसारको राहदानी लिएकी छन् । अघिल्लो महिना पहिचान अनुसारको अन्य उल्लेख गरेको नागरिकता लिएकी न्यौपानेले साउन २३ गते राहदानी लिएकी हुन् ।
उनले गत असार महिनामा आफ्नो पहिचानको आधारमा लिङ्गको महलमा अन्य उल्लेख गरेको नागरिकता लिएकी थिइन् ।
न्यौपानेले राज्यले पहिचान अनुसारको नागरिकता दिएकोमा आफूलाई खुसी लागेको बताइन् । “नेपाल सरकारले जसरी समलिंगी तेस्रोलिंगीलाई पहिचानको आधारमा नागरिकता र राहदानी दिन सुरु गरेको छ । अब महिला पुरुष अपाङ्ग, दलित जनजाति, मधेसी, मुस्लिम समुदाय सरह रोजगारीको अवसर पनि दिनु पर्छ ।”
उनले समलिंगी तेस्रोलिंगीको अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था नील हिरा समाजलाई सरकारले सहयोग गर्नु पर्ने बताइन् ।
“आजसम्म नील हिरा समाजको पहलमा दातृ निकायको सहयोगमा करिब ७ सय समलिंगी तेस्रोलिंगीले नील हिरा समाजका विभिन्न कार्यालयमा काम गरिरहे पनि लाखौं समलिंगी तेस्रोलिंगीहरू बेरोजगार छन्,” उनले भनिन्, “सरकारले समलिंगी तेस्रोलिंगीलाई पहिचानको आधारमा नागरिकता र राहदानी त प्रदान गरेको छ तर पहिचान अनुसारको नागरिताको आधारमा कुनै पनि सरकारी निकायमा सेवा सुबिधा दिएको छैन ।”

समाचार शेयर गर्नुहोस्
684
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.