समलिंगी तेस्रोलिंगी एचआइभी संक्रमितमा आइविविएस रिसर्च

समलिंगी तेस्रोलिंगी एचआइभी संक्रमितमा आइविविएस रिसर्च

बिनोद वि.सी./रुपन्देही (पहिचान) साउन २८ – पश्चिमाञ्चल क्षेत्रमा सवैभन्दा धेरै एच.आई.भी. संक्रमित समालिंगी पुरुष तथा तेस्रोलिंगीहरु रहेको आइविविएस रिसर्चले देखाएको छ । रुपन्देहीको भैरहवामा आयोजित कार्यक्रममा एन.आई.डि.आर.का संयोजक पुरुषोत्तम खतिवडाले अरु क्षेत्रमा भन्दा पश्चिमाञ्चल क्षेत्रमा धेरै समलिंगी तेस्रोलिंगीमा एचआइभी संक्रमण देखिएको जानकारी दिए ।

Anikपश्चिमाञ्चल क्षेत्रको रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई समेटेर गरिएको आ.वि.वि.एस.रिसर्चमा सम्बन्धित क्षेत्रका १ सय २० जना समलिंगी र तेस्रोलिंगीले भाग लिएका थिए । गत असार महिनामा रुपन्देही जिल्लाको भैरहवामा राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रको आयोजना तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा नेशनल ईन्सिच्यूट फर डेभल्पमेन्ट एण्ड रिसर्चले आइविविएस रिसर्च गरेको हो ।

रिसर्चमा समलिंगी तेस्रोलिंगीहरुको यौन क्रियाकलाप सम्बन्धि ज्ञान तथा व्यवहारका बारेमा पनि अध्ययन गरिएको खतिवडाले वताए । उनीहरुको सेवामा पहुँचको अवस्थाका बारेमा पनि अनुसन्धान गरिएको नील हिरा समाज भैरहवाकी कार्यालय प्रमुख मनिला न्यौपानेले बताईन् । संक्रमित समलिंगी, तेस्रलिंगीहरुलाई उपचार र पोषणमा पहुँच बढाउनु पर्ने तथा थप संक्रमित हुन नदिनका लागि जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीले यस समुदायका लागि रणनीति र विशेष काक्रमण ल्याउनु पर्नेमा संयोजक न्यौपानेले स्थानिय निकायको ध्यानाकार्षण गराईन् । साथै सेभ द चिल्ड्रेन पश्चिमाञ्चल सिनियर कोर्डिनेटर हेम पौडेलले अबका कार्यक्रममा परिक्षण, उपचार, पहिचान र पोषणमा बढी केन्द्रित हुनुपर्ने बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.