तेस्रोलिंगीबारे गीत गाउँछु : गायिका सिर्जु अधिकारी

तेस्रोलिंगीबारे गीत गाउँछु : गायिका सिर्जु अधिकारी

काठमाडौं (पहिचान) साउन ३२ – गायिका सिर्जु अधिकारीले समलिंगी तेस्रोलिंगीको विषय उठाएर गीत गाउने बताएकी छन् । समलिंगी तेस्रोलिंगीको अधिकारका लागि आफू गीत गाउन तयार रहेको उनको प्रतिबद्धता छ ।
रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले भनिन्, “यसबारे मेरो ध्यान खिचिएको थिएन । आज मेरो ध्यान यो विषयले तान्यो । समलिंगी तेस्रोलिंगीका विषयमा गीत गाउँदा पहिलो त उहाँहरुको अधिकार र मुद्दाको कुरा उठ्छ । दोस्रो, यो विषय मेरा लागि नयाँ र फरक पनि हुन्छ ।”
उनले समलिंगी तेस्रोलिंगी पनि महिला पुरुष सरह भएको बताइन । “समलिंगी तेस्रोलिंगी भन्ने बित्तिकै मेरो दिमागमा उहाँहरु पनि हामी जस्तै समान हो भन्ने चित्र आउँछ,” गायिका अधिकारी भन्छिन्,“उहाँहरु पनि मानव हुन । उहाँहरु पनि हामी जस्तै देखिनुहुन्छ । सबै हामी बराबर हौं ।”
समलिंगी तेस्रोलिंगीले आफूहरु भिन्न रहेको भनेर आत्मग्लानी पालेर बस्न नहुने उनको भनाइ छ । मोडल तथा नायिका समेत रहेकी अधिकारी भन्छिन्,“हामी सबै समान हौँ । अरु नराम्रो भइदिए हुन्थ्यो भन्ने प्रवृत्ति हामीमा छ । त्यसैले अरुले के भन्छ भनेर नसोचौं । म पनि महिला पुरुष सरह नै हौं र गर्न सक्छौं भनेर सोचौं ।”
समाजका हरेक क्षेत्रले समलिंगी तेस्रोलिंगीलाई सहयोग गर्नु पर्नेमा उनको जोड छ । कलाकारहरुले समलिंगी तेस्रोलिंगीलाई सहयोग गर्न सके अझै चाँडो समाजले समलिंगी तेस्रोलिंगीलाई सकारात्मक रुपमा समाजले हेर्ने अधिकारीले बताइन् । “कलाकार समाजका आइडल हुन् । कलाकारले समलिंगी तेस्रोलिंगीका विषयमा आवाज उठाए वा उनीहरुका गीत गाए अझै चाँडै समाजले उनीहरुलाई सकारात्मक रुपमा हेर्न थियो ।” उनले भनिन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.