भव्य रुपमा मनाइयो, नेपालमा ‘एलजीवीटीआइ प्राइड’ गर्वको महसुस : अमेरिकी राजदूत

भव्य रुपमा मनाइयो, नेपालमा ‘एलजीवीटीआइ प्राइड’ गर्वको महसुस : अमेरिकी राजदूत

काठमाडौं (पहिचान) भदौ ३ – यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले गाइजात्रा महोत्सव गरेको छ । देशभरका समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीले अमेरिकी राजदूत, अमेरिकी मानवअधिकार कर्मी अभियन्ता, नयाँ शक्ति नेपालका नेताहरु सहित ‘‘एलजीवीटीआइ प्राइड’ प्राइड’ गाईजात्रा महोत्सव भव्य रुपमा मनाएका हुन् ।
Pinkyविभेद र हिंसा विरुद्ध अभियान चलाउँदै आएको नील हिरा समाजले ‘पूर्ण आत्मसम्मान सहितको हिंसा रहित समाज’ भन्ने नारा सहित ‘‘एलजीवीटीआइ प्राइड’  प्राइड’ मनाएको हो । छैटौ गाइजात्रा महोत्सवमा यौनिक तथा लैंगिक अल्पसंख्यकले आ आफ्नो क्षेत्रको भेष भेषामा बाजागाजाका साग महोत्सव मनाए ।
अमेरिकी राजदुत एलिना बी टेप्लिज, अमेरिकी मानव अधिकारवादी संस्था ‘ह्युमनराइट क्याम्पिएन ग्लोवल’का नेसनल फिल्ड डाइरेक्टर मार्टी रोज, नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमी, केशवमान शाक्य लगायतले महोत्सवमा सहभागिता जनाए । अमेरिकी राजदूत पहिलो पटक ‘‘एलजीवीटीआइ प्राइड’’ को र्यालीमा सहभागी भएकी हुन् । यस्तै राजनीतिक उच्च नेतृत्वको रुपमा नयाँ शक्तिले नेतृ हिसिला यमीको प्रतिनिधित्व गराएर यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको सम्मान गरेको अनुभव भएको समलिंगी तेस्रोलिंगीले वताए । Rojgar
‘गएका बर्षको भन्दा यो बर्ष बिशेष महत्व दिएर कुटनीतिक एवं राजनीतिक नेतृत्व आइदिनु भयो यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले भने, लुकेर बसेकालाई पहिचान सहित खुलेर आउन अझ धेरै सहज भएको महसुस गरेका छौ ।’ ठमेलस्थित संचयकोष भवन अगाडीबाट सुरु भएको गाइजात्रा महोत्सव ‘एलजीवीटी प्राइड’ वसन्तपुरमा पुगेर एक बर्ष भरीमा दिवंगत समूदायका सदस्य प्रति श्रद्धाञ्जली अर्पण र चिरशान्तिको कामना गर्दै मैनवत्ती बालेर समापन गरियो ।
एजवीटीआई प्रइडमा सहभागी हुन पाउँदा गर्वको महसुस अमेरिकी राजदूत
USAएलजीवीटीआई प्राइडमा सहभागी अमेरिकी राजदूत एलिना बी टेप्लिजले आफूलाई गर्वको महसुस भएको वताए । पहिचान अनलाइनसँग कुरागर्दै राजदूत टेप्लिजले समलिंगी अधिकार मानवअधिकारको बिषय भएको वताउँदै नेपालमा पनि यो समूदायको अधिकारको बिषय गंम्भिर मानवअधिकारको बिषय भएको वताइन । नेपालको संबिधानमा यो समूदायको अधिकार लेखिएकोमा प्रशंसा गर्दै राजदूत टेप्लिजले एलजीवीटीआइ प्राइडमा सहभागी भएर समूदायसँगै हिड्न पाउँदा आफूलाई व्यक्तिगत रुपमा र सम्पूर्ण अमेरिकी दूतावासको तर्फबाट गर्व लागेको वताइन ।

अमेरिकी मानवअधिकार क्याम्पिएनका नेसनल फिल्ड डाइरेक्टर मार्टी रोजले आफू एलजीवीटीआइ प्राइडमा सहभागी हुनकै लागि अमेरिका देखि नेपाल आएको वताउँदै आज यहाँ आएर सहभागी हुन पाउँदा अत्यन्तै खुशी लागेको वताए । आफ्नै देश नेपालका लागि अमेरिकाकी राजदूत टेप्लिज पनि आफूहरुसँगै यसरी प्राइडमा भाग लिनु अझ धेरै खुशीको कुरा भएको वताए । उनले यौनिक तथा लैगिंक अल्पसंख्यकका लागि नेपाल सुनौलौ भबिष्य भएको वताउँदै समानता सबैलाई हुनुपर्नेमा जोड दिए । यो समूदायको अधिकारको बिषयलाई अझ शसक्त बनाउन नेपाल र अमेरिका मिलेर काम गर्नुपर्ने उनको धारणा छ ।
Bibahनयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले आफ्नो पार्टीको फारममै तेस्रोलिंगी उल्लेख गरेको वताउँदै संबिधानमै अधिकार लेखिएको बिषयमा आफ्नो व्यक्तिगत, पार्टीगत र सम्पूर्ण सहयोग रहेको वताइन । उनी ठमेलदेखि बसन्तपुरसम्म र्यालीमा सहभागी थिइन ।
नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले यति धेरै संख्यामा समूदायका साथीहरु सहभागी भइदिएकोमा हार्दिक आभार व्यक्त गर्दै भविष्यमा पनि यसरीनै समूदायको साथ पाइरहने बिश्वास व्यक्त गरिन् । उनले हिंसा र विभेद रहित समाज निर्माणका लागि एजवीटीआई प्राइडले सहयोग पुर्याउने वताइन ।

“अझै पनि घर परिवार तथा समाजबाटै विभेद हुने गरेकाले यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका व्यक्ति आफ्नो पहिचान खुलाएर आउन सक्दैनन्,” नील हिरा समाजकी निर्देशक मनिषा ढकालले भनिन्, “त्यसैले आज गाईजात्राको अवसर पारेर समलिंगी तथा तेस्रोलिंगीहरु पहिचान खुलाएर आउने गर्छन् ।”
प्राइडमा सहभागीहरुले नेपाल यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारमा प्रोगेसिभ हुनुमा पूर्व सभासद् सुनिलबाबु पन्तको महत्वपूर्ण भूमिका रहेको वताएका थिए । उनीहरुले संबिधानमा अधिकार लेखिनुमा पनि पहिलो संबिधानमा सभा प्रतिनिधित्व गरेका यो समूदायको अधिकार प्राप्तिका अभियन्ता पन्तकै मुख्य भूमिका रहेको उल्लेख गरेका थिए ।

देशका विभिन्न ठाउँबाट उल्लेख्य संख्यामा आएका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आआफ्ना क्षेत्रका सांस्कृतिक झलक दिने झाँकीहरु प्रदर्शन गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.