लिंग परिवर्तन गर्ने एनीको रोचक कथा

लिंग परिवर्तन गर्ने एनीको रोचक कथा

काठमाडौं (पहिचान) भदौ ४ – विराटनगरकी एनी लामा पढाइको सिलसिलामा चार वर्षअगाडि मात्रै काठमाडौं आएकी हुन् । काठमाडौंको वातावरण र यहाँ मानिसले तेस्रो लिंगीलाई हेर्ने नजरले गर्दा उनले पढ्ने आँटसम्म पनि गर्न सकिनन् । तेस्रो लिंगीको क्षेत्रमा काम गर्ने संस्थाका बारेमा थाहा पाएपछि उनी नीलहीरा समाजमा पुगिन् । त्यहाँ करिब दुई वर्षजति कार्यक्रम सहायकका रूपमा काम गरिसकेपछि उनमा आत्मविश्वास पनि बढ्दै गयो ।

अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – उनी जब १६ वर्ष पुगिन्, उनको व्यवहार अरूको भन्दा अलि फरक हुँदै गयो । आफू पुरुष भएर पनि पुरुषप्रति नै उनको आकर्षण बढ्दै गएपछि उनले आफू तेस्रोलिंगी भएको थाहा पाइन् । त्यसपछि उनलाई घरपरिवार र समाजले गर्ने व्यवहार पनि फरक हुन थाले ।

घरमा उनका आमा र दाइमात्रै छन् । आफूले अंशमा पाउने सम्पत्ति बेचेर एक वर्षअगाडि उनले थाइल्यान्डको बैंकक गएर आफ्नो लिंग परिवर्तन गरेर आइन् । यसका लागि करिब आठ लाख रुपैयाँ लाग्यो । तर, उनलाई यसमा कुनै चित्त दुखाइ छैन । महिलाको जस्तै भावना उब्जने मनका साथै शरीर पनि पाएकी छन् अहिले उनले । त्यसैले त गर्वका साथ भन्छिन्,­ ‘अब म केटी हुँ ।’ उनलाई फेसन र मोडलिङमा विशेष रुचि रहेको छ । त्यसैले केही महिना अगाडिदेखि नेपाल इन्स्टिच्युट अफ फेसनमा उनी दुई वर्षको फेसन डिजाइनरको डिप्लोमा कोर्स गरिरहेकी छन् ।

नीलहीरा समाजले प्रत्येक वर्ष तेस्रोलिंगीबीच गर्दै आएको ‘मिस पिंक’ प्रतियोगितामा उनले यस वर्षको शीर्ष उपाधि जितेकी छन् । ‘मलाई मोडल हुने रहर बच्चैदेखि थियो तर मेरो उचाइ अलि कम भएकाले मैले आँट्न सकेको थिइनँ । यो प्रतियोगितामा रूपमात्रै होइन, आफ्नो प्रतिभा र दिमागी क्षमता पनि देखाउनुपर्ने हुनाले म सफल भएँु, उनले भनिन् । वैशाख १२ को भूकम्पको एक दिनअगाडि भएको मिस ग्ल्यामरस स्टारमा पनि उनी दोस्रो रनरअप भएकी थिइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.